मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔँ : नेता नेपाल « Khabarhub

मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔँ : नेता नेपाल


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले नेता माधवकुमार नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउनुपर्ने बताएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत् गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोग्दै गरेको बताउँदै मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउनुपर्ने बताएका हुन् ।

“संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो । जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोग्दैछन्,” उनले भनेका छन् ।

सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक-पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा नपुर्‍याउने बताउँदै उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन आग्रह पनि गरेका छन् ।

“हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौँ र छौँ । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा उँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौँ । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔँ,” उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : २५ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल