सुनौला हजार दिनका आमालाई पोषणयुक्त कोसेली « Khabarhub

सुनौला हजार दिनका आमालाई पोषणयुक्त कोसेली


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्ना पालिकामा भएका सुनौला हजार दिनका आमालाई पोषणयुक्त खानेकुरासहितको उपाध्यक्ष कोसेली वितरण शुरु गरेको छ ।

गाउँपालिकाले पालिकामा रहेका सुनौला हजार दिनका सुत्केरी भएका विपन्न, दलित आमालाई उपाध्यक्ष कोसेली कार्यक्रमअन्तर्गत ‘पोषण झोला’ वितरण कार्यक्रमको शुरुआत गरेको हो । कार्यक्रम शुरु भएदेखि अहिले त्यहाँका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी उपाध्यक्ष कोसेली बोकेर सुत्केरी आमाका घरघरमा जान थालेको बताइएको छ ।

उक्त कार्यक्रमअन्तर्गत अहिले पालिकाका सातवटै वडामा रहेका सुनौला हजार दिनका आमाका घरैमा पुगेर उक्त ‘पोषण झोला’ वितरण गरिन थालिएको उपाध्यक्ष निर्मला साउदले बताइन । उनले भनिन्, “गाउँमा सुत्केरी भएका हजार दिनका आमालाई हामीले घरैमा पुगेर पोषणयुक्त कोसेली वितरण गर्न थालेका छौँ, कोसेलीले आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेछ ।”

सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले उक्त कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।

उक्त कार्यक्रमअन्तर्गत पालिकाभरिमा रहेका ८४ आमालाई कोसेली पोषण झोलामा एक क्यारेट अण्डा, एक लिटर तोरीको तेल, एक किलो चिनी, एक किलो चना, दुई प्याकेट चियापत्ती, एक प्याकेट आयोडिन नुनसहित फलफूल वितरण गरिन थालिएको गाउँपालिकाका सूचना अधिकारी हरिभक्त साउदले जानकारी दिए ।

पालिकाले उक्त कार्यक्रम लागू गरी पोषण खानेकुरा वितरण गर्न थालेपछि यहाँका सुत्केरी भएका आमा तथा उनीहरुका घरपरिवार निकै खुशी भएका छन् । जिल्लामा उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गर्ने पूर्वीचौकी पहिलो स्थानीय तह भएको पालिकाको दाबी छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ५५ बजे

एक्सन फिल्मले गर्लान् त रजगज ?

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् ।

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

आजको मौसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल