फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी « Khabarhub

फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ ।

फौजी किराका कारण समस्या परेका कृषकलाई लक्षित गाउँपालिकाले कृषकलाई निःशुल्क विषादी वितरण गरेको हो ।

गाउँपालिकाको तल्लो भेगका अधिकांश किसानको मकैबाली किराले नष्ट पार्न थालेपछि विषादी वितरण अभियान थालेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

उनले भने, “फौजी किराका कारण किसानका मकैबाली नष्ट भएको जानकारी आएपछि हामीले प्राविधिक पठाएर उहाँहरुको समस्या समाधान गरिरहेका छौँ । अहिले गाउँपालिकाले किरा मार्नका  लागि निःशुल्क विषादी विरतण गरिरहेको छ । विषादी वितरण गरेसँगै किरा नियन्त्रणमा आएको छ ।”

गाउँपालिकाको सानोदुम्मा, ठुलोदुम्मा, बास्तीम, च्याङ्ग्रेलगायत ठाउँमा फौजी किराको प्रकोप रहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । किसानको समस्या समाधानका लागि आवश्यक सहयोग गरिरहेको शाखाको भनाइ छ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले भने, “सयौँ रोपनी क्षेत्रफलमा किराको प्रकोप देखिएको छ, नियन्त्रणका लागि हामीले आवश्यक पहल थालेका छौँ । पछिल्लो समयमा धेरै हदसम्मका किरा नियन्त्रणमा आएको छ ।”

गाउँपालिकाले वडास्तरबाट कृषकलाई आवश्यक विषादी दिने व्यवस्था मिलाएको छ भने गाउँपालिका केन्द्रबाट पनि विषादी वितरण हुँदै आएको छ । गाउँपालिकाले प्रकोपको बेलामा निःशुल्क विषादी दिएपछि स्थानीय कृषक खुशी भएका छन् ।

स्थानीय कृषक बलबहादुर तामाङले भने, “गाउँभरि नै किराको प्रकोप छ । चार सयभन्दा बढी कृषकको मुख्यबाली मकैमा किराले क्षति पुर्‍याएको छ । मकैको गुबो सबै सखाप बनाएको छ । हाम्रो पीडालाई ध्यानमा राख्दै गाउँपालिकाले विषादी दिएकोप्रति हामी खुशी छौँ ।”

किसानका लागि आवश्यक पर्ने मलसमेत यस वर्ष समयमा नै वितरण भएको गाउँपालिकाको भनाइ छ । जिल्लाको बेँसी क्षेत्रका अधिकांश भागमा यस वर्ष पनि फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १२ : १५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा