अभिनयमा फ्लप, विवादमा हिट « Khabarhub

अभिनयमा फ्लप, विवादमा हिट


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउडमा कलाकार यस्ता छन्, जो फिल्ममा असफल भए पनि विवादको मामलामा भने उनीहरु सफल छन् । उनीहरु विवादमा आउनकै लागि विभिन्न हतकण्डा अपनाउन पछि पर्दैनन् । सामाजिक सञ्जालमा होस् या आफ्नो ग्ल्यामरका कारण, उनीहरु विवाद र चर्चाको विषय बनिरहन्छन् ।

बलिउडमा विवादको नाम लिँदा नछुट्ने अनुहार हुन् पुनम पाण्डे । उनी सामाजिक सञ्जालमा आफ्नो एरोटिक फोटो र भिडियो निरन्तर राखिरहन्छिन् । पुनमले सन् २०१३ मा फिल्म ‘नशा’बाट बलिउडमा डेब्यू गरिन् । उनले हिन्दी, तेलुगू, कन्नड र भोजपुरी फिल्ममा काम गरेकी छन् ।

फिल्ममा अभिनय गरे पनि पुनमले सफलता पाउन सकिनन् । त्यहीकारण उनले सामाजिक सञ्जालमा आफ्नो नग्न, अर्ध नग्न तस्वीर शेयर गरेर सनसनी सिर्जना गरिन् । उनले सन् २०११ मा विश्वकप क्रिकेटका समयमा भारतले क्रिकेट जितेमा आफू नग्न हुने बताएकी थिइन् । यही भनाइले उनलाई बलिउडमा चर्चामा ल्यायो ।

पुनमले गत वर्ष सेम बम्बेसँग विवाह गरिन् । तर १० दिनपछि उनले सेमविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गराइन् । यसपटक पनि पुनमले न्यूजिल्याण्डविरुद्धको क्रिकेट भारतले जितेमा नग्न हुने घोषणा गरेकी छन् ।

‘आइटम गर्ल’ राखी सावन्तले कैयौं फिल्म उद्योगमा काम गरिसकेकी छन् । फिल्ममा उनी अभिनय भन्दा पनि आइटम गीतमा धेरै चलेकी छन् । यसबाहेक उनको नाटकीय शैली उत्तिकै लोकप्रिय छ । उनले टेलिभिजनमा पनि काम गरेकी छन् ।

विवादको कुरा गर्दा राखी नछुट्ने नाम हो । विवादकै कारण उनको करियर डामाडोलको अवस्थामा पनि पुगेको छ । ‘बिग बोस १४’ मा आएपछि उनले आफ्नो लोकप्रियता मलजल गरिन् । राखी अन्तरंग क्रियाकलाप र नाटकबाजीका लागि चिनिन्छिन् ।

मोडल तथा अभिनेत्री शर्लिन चोपडा एरोटिक भिडियो र फोटोका लागि चर्चित छिन् । शर्लिनले टेलिभिजन र फिल्म दुवैमा आफ्नो भाग्य स्थापित गर्न खोजिन् । तर त्यसमा सफलता पाउन सकिनन् ।

शर्लिन प्लेब्वाइ पत्रिकाका लागि नग्न पोज दिने पहिलो भारतीय महिला हुन् । उनी नग्न तस्वीरका अलावा बेतुक कुराका कारण चर्चामा आइरहन्छिन् ।

विदुषी बनेको दाबी गर्ने अर्की मोडल सोफिया हयातले बलिउड र टेलिभिजनको दुनियाँमा आफ्नो नाम बनाउने प्रयास निकै गरिन् । अभिनेत्रीको चाहना राखे पनि उनले सानातिना भूमिकामै चित्त बुझाउनुपर्‍यो ।

अभिनयमा असफल भएपछि उनी बेतुक कुराका कारण चर्चामा आइरहिन् । उनले पछिल्लो दिन अभिनेता सलमान खानमाथि निशाना साँधेकी थिइन् ।

पायल रोहतगीले पनि अभिनय करियरमा खासै कमाल देखाउन सकिनन् । ‘बिग बोस’ मा राहुल महाजनसँग पायलको केमेष्ट्री निकै चर्चामा रहेको थियो । अहिले पायल अभिनयबाट टाढिएर राजनीतिक वक्तव्यबाजीका कारण चर्चामा आइहन्छिन् ।

उनले कैयौंपटक बलिउडमाथि निशाना साँधेकी छन् । उनले मोदी सरकारको समर्थन गर्दै कैयौं पटक विपक्षीमाथि विभिन्न आक्षेप लगाएकी छन् ।

बंगाली अभिनेत्री पायल घोष गत वर्ष निर्देशक अनुराग कश्यपमाथि गम्भीर आरोप लगाउदै चर्चामा आएकी थिइन् । पायलले अनुरागमाथि ‘मीटू’को आरोप लगाएकी थिइन् । कैयौं दिनसम्म उनी मिडियामा चर्चाको विषय बनिन् ।

त्यसपछि उनी रामदास अठावलेको पाटीमा आबद्ध भइन् । पायलको अभिनय करियर कैयौं क्षेत्रीय फिल्ममा काम गरेपछि फ्लप भएको थियो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १ : ५९ बजे

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज

 होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ