चितवनमा छुवाछूतमुक्त अभियान शुरु « Khabarhub

चितवनमा छुवाछूतमुक्त अभियान शुरु


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि छुवाछूत मुक्त अभियान शुरु गरेको छ । महानगरले नीतिगत कार्यक्रम नै बनाएर सामाजिक अन्तरघुलनका निम्ति छुवाछूतमुक्त अभियान शुरु गरेको हो ।

महानगरप्रमुख रेनु दाहालले समाजमा अझै पनि विभेद रहेको बताउँदै भनिन्, “अब नीतिगत रुपमा शुरु भएको छुवाछूतमुक्त अभियानले जातीय छुवाछूत र विभेद अन्त्य गर्न विशेष योगदान गर्ने छ ।” महानगरले अन्तरजातीय विवाह गर्ने दुई दम्पतीलाई रु एक/एक लाख नगदसहित सम्मानपत्रले सम्मानित गर्दै अभियानको शुरुआत गरेको हो ।

भरतपुर–२७ का उदय सुनार, प्रतिमा गुरुङ सुनार र भरतपुर–६ का दीपक बुढाथोकी र निशा परियार बुढाथोकीलाई सो रकम प्रदान गरिएको हो । छुवाछूतमुक्त अभियानअन्तर्गत अन्तरजातीय विवाह गर्ने दम्पतीलाई प्रोत्साहनस्वरुप सो रकम सहयोग गरिनेछ ।

महानगर उपप्रमुख पार्वती शाहले जातीय विभेद र छुवाछूतरहित समाज निर्माणमा महानगरको यो अभियानले मुलुकमा नै नयाँ तरङ्ग ल्याउने विश्वास व्यक्त गरिन ।

जगतपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक उदय सुनार र गुञ्जनगर स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा गुरुङ सुनारले छ वर्ष प्रेम सम्बन्धपछि विवाह गरेका थिए।

प्रतिमाले छरछिमेकका कारण आफ्नो परिवारले पूर्ण रुपमा स्वीकार गर्न नसकेको अवस्थामा महानगरको यो सम्मानले समाज परिर्वतनमा ध्यान पुग्ने बताइन । उनले बोलेरभन्दा पनि महानगर कामै गरेर अभियान थालेकामा यसलाई निरन्तरता दिन माग गरिन । तनहुँ व्यास नगरपालिका–१ की प्रतिमाले २०७७ सालमा भरतपुर २७ का उदयसँग अन्तरजातिय विवाह गरेकी थिइन ।

यस्तै अर्का दम्पती दीपक र निशाले चार वर्षको प्रेम सम्बन्धपछि विवाह गरेका थिए । स्थानीय सरकारले नै यसरी सम्मान गरेपछि यो अभियानले सार्थकता पाउने उनीहरुले बताए । कक्षा ५ सम्म अध्ययन गरेका दीपक सवारी चालक हुन भने उनकी श्रीमती निशा कक्षा ११ मा अध्ययनरत छिन ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : ०१ बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन