बालबालिकाहरु स्वास्थ्य उपचारलाई लक्षित गरी मेडिसिटी अस्पतालले थाल्यो पूर्वतयारी « Khabarhub

बालबालिकाहरु स्वास्थ्य उपचारलाई लक्षित गरी मेडिसिटी अस्पतालले थाल्यो पूर्वतयारी


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कोभिड–१९को तेश्रो भेरियन्ट नेपालमा प्रवेश गर्न सक्ने विषयलाई मध्येनजर गर्दै नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्ड र निर्देशनका आधारमा बालबालिकाहरुको सामान्यदेखि सघन उपचारलाई लक्षित गरी नेपाल मेडिसिटी अस्पतालले आफ्नो पूर्वतयारी शुरु गरेको छ ।

नवजात शिशु तथा १८ वर्ष उमेर सम्मका बालबालिकाहरुलाई ध्यानमा राखी अस्पतालले आफ्ना नर्स तथा मेडिकल टोलीलाई विशेष प्रशिक्षणमा सिपिआर पद्धति, आहार बिहार, इन्फेक्सन नियन्त्रण, मनोसामाजिक परामर्श, फिजियोथेरापी तथा पुर्नस्थापना जस्ता विषयलाई प्राथमिकता दिइएको छ ।

दक्ष चिकित्सक तथा मेडिकल टिम, आवश्यक बेड तथा अत्याधुनिक उपकरणहरु, भेन्टिलेटर सहित नवजात तथा बाल सघन उपचार कक्षको व्यवस्था गरी बालबालिकाहरुमा महामारीको अवस्था आए अस्पताल तयारी अवस्थामा अस्पताल प्रशासनको भनाई छ । तेश्रो भेरियन्ट आउनसक्ने पुर्वानुमान भइरहेका बेला आत्तिनुभन्दा यस अवस्थामा बालबालिकाहरुलाई विशेष हेरचाह गर्न, मास्क तथा स्यानिटाइजरको प्रयोगमा प्रोत्साहन गर्न र अनावश्यक रुपमा घरबाहिर ननिस्किन सल्लाह दिएका छन् ।


महामारी बढ्दै गएको अवस्थामा देशमा विभिन्न स्थानबाट आकस्मिक उद्धार आवश्यक परे त्यसका लागि हवाई तथा ग्राउण्ड एम्बुलेन्स सेवाका प्रदान गर्न प्रि हस्पिटल केयर तथा इमर्जेन्सी विभाग तयार रहेको व्यहोरा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाले गराएका छन् । उनका अनुसार बालबालिकाहरुलाई हेलीकोप्टरबाट उद्धार चाहिने खण्डमा विशेषज्ञ चिकित्सकले नै सो स्थानमा गई आवश्यक उपचार गर्दै नेपाल मेडिसिटी सम्म स्थानान्तरण गराउन सक्नेछन् ।

नेपाल सरकारले कुल बेड संख्याको २० प्रतिशत बेड छुट्याउन भनेपनि नेपाल मेडिसिटी अस्पतालले करिब १०० वटा बेड नवजात शिशिुको सघन उपचार कक्ष, बालबालिकाको सघन उपचार कक्ष ९एक्ष्ऋग्० र सामान्य बेड बालबालिकाहरुकै लागि निर्धारीत गरी त्यसका लागि आवश्यक पर्ने उपकरण, आमा तथा बच्चाका लागि सुरक्षा व्यवस्था, आकस्मिक देखि सघन उपचार र भेन्टिलेटरको व्यवस्था लगायतका तयारी भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १ : ५९ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६