२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ४६१ जनाको पीसीआर परीक्षणबाट १ हजार ५११ र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१० जना गरी २ हजार ४२१ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ३ हजार ५५८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा १०, ओखलढुंगामा २, खोटाङमा ४,  झापामा १२०, ताप्लेजुङमा ४, तेह्रथुम १, धनकुटामा ७, पाँचथर ३, भोजपुर १,  मोरङमा १७२,  र सुनसरी १७६ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १९, पर्सामा ४,  बारामा ३, महोत्तरीमा ८, रौतहटमा २, सप्तरीमा १२, सर्लाहीमा ६ र सिरहामा ४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३४६ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २०, चितवनमा ४२, दोलखामा ४, धादिङमा १०, नुवाकोटमा ७६, भक्तपुरमा ५७, मकवानपुरमा ४३, रसुवा ८, रामेछापमा १, ललितपुरमा ५४, र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७२, गोरखामा ५, तनहुँमा ५, नवलपरासी पूर्वमा २२, र स्याङजामा ५ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा १२, गुल्मीमा १, दाङमा १४, नवलपरासीमा १०, पाल्पामा ३,  बर्दियाका १, बाँकेमा १, रुपन्देहीमा २० र रोल्पामा २ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १ जुम्लामा ८, दैलेखमा १, डोल्पामा १, सल्यानमा १, हुम्लामा २ र  सुर्खेतमा ३१ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४, कञ्चनपुरमा ५, कैलालीमा २, डडेल्धुरामा ३ र डोटीमा ४  जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ६ : १४ बजे

सागर डिष्टिलरीको आईपीओ खुला  

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले आज (बुधबार)बाट साधारण शेयर (आईपीओ) बिक्री

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले