माधव नेपाल निकट राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता, चुनाव चिन्ह कलम « Khabarhub

माधव नेपाल निकट राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता, चुनाव चिन्ह कलम


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगमा नेकपा (एकीकृत) नामक दल दर्ता भएको छ । नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नयाँ दल ‘नेकपा (एकीकृत)’ दर्ता भएको हो ।

निर्वाचन आयोगले कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई बुधबार प्रदान गरेको छ ।

गत जेठ ३० गते बसेको आयोगको बैठकको निर्णयअनुसार उक्त दल दर्ता भएको हो । आयोगले राईलाई उपलब्ध गराएको प्रमाणपत्र अनुसार १६३ नम्बरमा उक्त दल दर्ता भएको छ । उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए ।

अध्यक्ष राईले भने अलग राजनीतिक अस्तित्व सहित दर्ता गरिएको पार्टीलाई कुनै पार्टीसँग जोड्न नमिल्ने बताएका छन् ।

निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत) को पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् ।

राईले भने नेताहरुसँग सल्लाह नगरी दल दर्ता गरेको दावी गरेका छन् । संखुवासभा जिल्लाका बासिन्दा राई नविना लामा अनेरास्ववियूको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ६ : ४४ बजे

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६