आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, के मा कति ? « Khabarhub

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, के मा कति ?


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो ।

अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २०ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ । गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल/मटितेल तथा हवाई इन्धन (आन्तरिक) को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।

निगमले डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ४९ बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन