यो शताब्दीको अन्तिम आवश्यकता « Khabarhub

यो शताब्दीको अन्तिम आवश्यकता


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लामो समयदेखि विश्व राजनीतिमा देखिएको दृश्यलाई यो महीना सम्पन्न भएको ‘जी सेभेन सम्मेलन’ ले थप पुष्टि गरेको छ । बीसौँ शताब्दीमा अमेरिका र सोभियत संघबीच भएको शीत युद्ध जस्तै विश्व पुनः अमेरिका र चीनबीचको शीत युद्धमा प्रवेश गर्दैछ ।

पश्चिमा देशले चीनलाई प्रतिस्पर्धी र शत्रुतापूर्ण नजरले मात्रै हेर्दैन, सभ्यतागत फरक दृष्टिकोणले पनि हेर्छ । यसैले यस्तो लाग्छ कि संघर्ष परस्पर फरक ‘व्यवस्था’ का कारण हुनेछ । मूल्य, मान्यताबीच बढ्दो टकराव, वैश्विक नेतृत्वको दाबीबीच सैन्य प्रतिस्पर्धा बढ्ने देखिन्छ । यसो नभएको अवस्थामा हतियारमा हुने प्रतिस्पर्धाको सम्भावना भने नकार्न सकिँदैन ।

नजिकबाट मूल्याङ्कन गर्दा शीत युद्धसँगको तुलना भ्रामक देखिन्छ । इतिहास हेर्ने हो भने अमेरिका र सोभियत संघबीचको प्रतिस्पर्धा एक भयानक र क्रुर युद्धबाट शुरू भएको थियो ।

जर्मनी र जपानले युद्धमा समर्पण गरेपछि अमेरिका र सोभियत संघ विजयको प्रमुख दाबेदार थिए । यद्यपि, उनीहरूबीच युद्धपूर्व नै एक प्रकारको सौद्धान्तिक टकराव शुरू भएको थियो । यदि हिटलरको जर्मनी र विस्तारवादी जपानले विश्वले आफ्नो सैन्य शक्तिका आधारमा दमन गर्ने प्रयास गर्दैन थिए भने अमेरिका र सोभियत संघ इतिहासको त्यो कालखण्डमा सँगै कुनै हालतमा उभिने थिएनन् ।

दोस्रो विश्व युद्धको समाप्तिसँगै सोभियत संघको कम्युनिजम र पश्चिमा प्रजातान्त्रिक पुँजीवादबीच आमने–सामने शुरू भयो । उनीहरूबीच शत्रुता सोभियत संघले सन् १९४५ देखि १९४८ मा मध्य र पूर्वी युरोपमा सोभेतियन मोडल लाद्न खोज्दा भएको थियो ।

यसै बखत शुरू भएको आणविक युगका कारण शक्ति राजनीतिको भविष्य अप्ठेरोमा पारिदिएको थियो । आणविक युगसँग भविष्यमा हुन सक्ने युद्धमा बन्देज लाग्दा सत्ता राजनीतिको मौलिकतामाथि अंकुश लाग्यो । युद्ध भएको अवस्थामा दुवैतर्फ समान क्षति पुग्न सक्ने देखेर शक्ति राष्ट्र प्रत्यक्ष युद्धमा जानबाट जोखिएका थिए । चार दशकअघि सोभियत संघ र वार्सा प्याक्ट खारेज हुँदैन थियो भने अमेरिका र सोभियत संघबीचको संघर्ष अनन्तकालमा जारी रहने थियो ।

पश्चिमा देश र चीनबीचको हालको अवस्था पूर्णतः फरक छ । चीनको कम्युनिस्ट पार्टी (सीपीसी) ले राजनीतिक एकाधिकार पार्टीमै राख्न देशलाई ‘समाजावदी’ भने पनि उसको दाबीलाई गम्भीरतापूर्वक कसैले लिने गरेका छैनन् । निजी सम्पत्तिमाथिको स्वामित्वका हिसाबमा चीनले पश्चिमा देशभन्दा आफू के कुरामा फरक छ भन्ने देखाउन सकेको छैन ।

त्यसको विपरीत एक दलीय शासन सञ्चालन गर्न जे आवश्यक हुन्छ चीनले त्यही भन्ने गरेको छ । तेङ सियाओपिङको सन् १९७० को दशकको आर्थिक सुधारपछि चीनले बजार र केन्द्र दुवैलाई मिश्रित गर्दै नयाँ प्रकारको अर्थतन्त्र सञ्चालन गर्दै आएको छ । सीपीसी आफैँ ‘मार्केट लेनिनिस्ट’ मोडलको टुप्पोमा बस्ने गरेको छ ।

कुन देश बढी शक्तिशाली भन्ने विषय परम्परागत राजनीतिले निधारण गर्ने छैन, परिस्थितिसँग जुध्न कसले कस्तो नेतृत्व प्रदान गर्‍यो भन्ने कुराले गर्नेछ । इतिहासको विपरीत शीत युद्धले सामूहिक विनाशलाई तीव्रता दिनेछ, रोक्ने छैन ।

व्यवस्थामा अँगालेको मिश्रित प्रणाली चीनको सफलताको एक प्रमुख राज हो । सन् २०३० सम्ममा चीनले अमेरिकालाई आर्थिक र प्राविधि दुवै हिसाबमा उछिन्दै छ । आफ्नो ७० वर्षको इतिहासमा सोभियत संघले यस्तो उत्सव कहिल्यै मनाउन पाएन । पश्चिमसँग प्रतिस्पर्धा गर्न हजारौँ खर्बपति रहेको चीनको ‘समाजवादी’ व्यवस्था सोभियत संघको व्यवस्थाभन्दा सुसज्जित छ ।

यदि आजको प्रतिस्पर्धा शीतयुद्ध कालको जस्तो छैन भने दोस्रो शीत युद्ध कस्तो हुनुपर्छ ? के चीनलाई पश्चिमा देशजस्तै र प्रजातान्त्रिक हुन दबाव दिइएको हो ? अथवा चीनलाई घेराबन्दी गर्दै प्राविधिकरूपमा पनि एक्ल्याउने उद्देश्य हो ? यदि पश्चिमा देशको उद्देश्य यस्तै कुरा प्राप्त गर्नका लागि हो भने अवस्था के हुन्छ ?

यसमा संलग्न पार्टीहरूलाई यी कुरा प्राप्त भए पनि त्यसले सन्तोष दिने वाला छैन । चीन १ दशमलव ४ बिलियन मानिसको घर हो जसले वैश्विक रूपमा ऐतिहासिक अवसर आफूहरूले प्राप्त गर्न थालेको देखिरहेका छन् । चीनको बजार क्षमता र अर्थतन्त्रमा उसमाथिको निर्भरतालाई हेर्ने हो भने चीनलाई एक्ल्याउने सोच नै असङ्गत देखिन्छ ।

यहाँ मुद्दा शायद आर्थिकभन्दा बढी शक्तिको हो । एक्काइसौँ शताब्दीमा आधिपत्य कसले जमाउने भन्ने मुद्दा प्रमुख हो ? के बाँकी पश्चिमा देशसँग मिलेर अमेरिकाले उदाउँदो चीनलाई रोक्दै आरालो लागेको आफ्नो विरासत उकास्न सक्छ ? मलाई शंका छ ।

आर्थिकरूपमा सम्पन्न हुँदै गर्दा पनि चीनले पश्चिमा देशले अँगालेको जस्तै प्रजातान्त्रिक मूल्य मान्यता अँगाल्दैन भन्ने जानकारी पुरानो भइसक्यो । लोभका कारण उसको कल्पना धेरै समयसम्म बचाइराख्यो ।

म यहाँ एउटा भविष्यवाणी गर्छु, २१औँ शताब्दी मुख्यरूपमा महाशक्ति राजनीतिको पुनः प्रयोगको विशेषताबाट गुज्रिने छैन । अहिलेको अवस्थामा विश्व त्यतै जाँदै गरेको देखिए पनि अन्त्यमा त्यस्तो हुने छैन । महामारीले हामीलाई दीर्घकालीन र फराकिलो विचार निर्माण गर्ने बाटो खोलिदिएको छ । कोभिड–१९ जलवायु परिवर्तनको एक प्रतावना मात्र हो । यस्ता अन्य वैश्विक चुनौतीका कारण विश्वका महाशक्ति देशहरूलाई मानवताको रक्षाका लागि एक अर्कासँग सहकार्य गर्न उद्यत गर्नेछ । यहाँको ‘विश्व पहिलो’ को दोस्रो भन्ने कुराले खास अर्थ राख्ने छैन ।

पहिलो पटक महामारीका कारण ‘मानव जाति’ एक अमूर्तभन्दा बढी बनाएको छ यो अवधारणा व्यवहारमा उतार्नु आवश्यक हुन्छ । भाइरस नियन्त्रण गर्न र सबैलाई कोरोना भाइरसको नयाँ भेरियन्टबाट जोखाउनु कम्तीमा पनि ८ बिलियन भ्याक्सिनको आवश्यकता हुन्छ । ग्लोबल वार्मिङ र क्षेत्रीय र वैश्विक परिस्थितिको बोझ बढ्दै गरेको विश्वास गर्ने हो भने यो २१ औँ शताब्दीको प्रमुख वैश्विक कार्य हुनेछ ।

यस्तो अवस्थामा कुन देश बढी शक्तिशाली भन्ने विषय परम्परागत राजनीतिले निधारण गर्ने छैन । परिस्थितिसँग जुध्न कसले कस्तो खालको नेतृत्व प्रदान गर्‍यो भन्ने कुराले गर्नेछ । इतिहासको विपरीत शीत युद्धले सामूहिक विनाशलाई तीव्रता दिनेछ, रोक्ने छैन ।

(जोस्का फिशर सन् १९९८ देखि २००५ सम्म जर्मनीका विदेशमन्त्री र भाइस चान्सर्लर थिए । उनी करिब २० वर्षसम्म जर्मनीको ग्रिन पार्टीका नेता थिए । २१ जुन २०२१ मा द प्रोजेक्ट सिक्डिकेटमा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ८ : ०२ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला