सरकारविरूद्ध सडक संघर्षमा विपक्षी गठबन्धन, विद्यार्थी संगठनको आज विरोध प्रदर्शन | Khabarhub Khabarhub

सरकारविरूद्ध सडक संघर्षमा विपक्षी गठबन्धन, विद्यार्थी संगठनको आज विरोध प्रदर्शन


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  विपक्षी पाँच दलको गठबन्धनले सरकारविरूद्ध सडक संघर्ष थाल्दैछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार भएको बैठकले सडक संघर्षमा जाने निर्णय गरेसँगै ती दलका भ्रातृ संगठनले आजै विरोध प्रदर्शन गर्दैछन् ।

कोरोना संक्रमण कम भएको तथा बाढीपहिरोको विपत्ति पनि नरहेकाले भौतिक दूरी कायम गरेर प्रदर्शन हुने विपक्षी गठबन्धनका नेताहरूले जनाएका छन् ।

सडक संघर्षका लागि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा एमालेका नेता भीम रावल, नेकपा माओवादी केन्द्रका नेता देव गुरूङ र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेको कार्यदल समेत तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको तथा त्यसमा राष्ट्रपतिले साथ दिएर प्रतिनिधिसभा भंग भएको भन्दै विपक्षी गठबन्धन सर्वोच्चमा मुद्दा विचारधिन रहेकै अवस्थामा सडक संघर्षमा होमिन लागेको हो ।

विद्यार्थी संगठनको आज विरोध प्रदर्शन

विपक्षी गठबन्धनका पाँच  विद्यार्थी संगठन आज सरकारविरूद्ध प्रदर्शनमा उत्रदैछन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।

सरकारले जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार गरेर निराश बनाएकाले विरोध प्रदर्शनमा उत्रिन लागेको उनीहरूले जनाएका छन् ।

मुलुक विपत्तिमा फस्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक,अलोकतान्त्रिक र स्वेच्छाचारी कदम चाल्दै संविधान नै सिध्याउने खेलमा लागेका आन्दोलित हुन बाध्य भएको अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले बताए ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ८ : ३० बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै