सरकारविरूद्ध सडक संघर्षमा विपक्षी गठबन्धन, विद्यार्थी संगठनको आज विरोध प्रदर्शन « Khabarhub

सरकारविरूद्ध सडक संघर्षमा विपक्षी गठबन्धन, विद्यार्थी संगठनको आज विरोध प्रदर्शन


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  विपक्षी पाँच दलको गठबन्धनले सरकारविरूद्ध सडक संघर्ष थाल्दैछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार भएको बैठकले सडक संघर्षमा जाने निर्णय गरेसँगै ती दलका भ्रातृ संगठनले आजै विरोध प्रदर्शन गर्दैछन् ।

कोरोना संक्रमण कम भएको तथा बाढीपहिरोको विपत्ति पनि नरहेकाले भौतिक दूरी कायम गरेर प्रदर्शन हुने विपक्षी गठबन्धनका नेताहरूले जनाएका छन् ।

सडक संघर्षका लागि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा एमालेका नेता भीम रावल, नेकपा माओवादी केन्द्रका नेता देव गुरूङ र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेको कार्यदल समेत तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको तथा त्यसमा राष्ट्रपतिले साथ दिएर प्रतिनिधिसभा भंग भएको भन्दै विपक्षी गठबन्धन सर्वोच्चमा मुद्दा विचारधिन रहेकै अवस्थामा सडक संघर्षमा होमिन लागेको हो ।

विद्यार्थी संगठनको आज विरोध प्रदर्शन

विपक्षी गठबन्धनका पाँच  विद्यार्थी संगठन आज सरकारविरूद्ध प्रदर्शनमा उत्रदैछन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।

सरकारले जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार गरेर निराश बनाएकाले विरोध प्रदर्शनमा उत्रिन लागेको उनीहरूले जनाएका छन् ।

मुलुक विपत्तिमा फस्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक,अलोकतान्त्रिक र स्वेच्छाचारी कदम चाल्दै संविधान नै सिध्याउने खेलमा लागेका आन्दोलित हुन बाध्य भएको अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले बताए ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ८ : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन