निर्वासनमा रहेका उइगरहरुले भने- सिन्जियाङमा जबरजस्ती गर्भपतन गराउने लगायतका यातना दिइयो | Khabarhub Khabarhub

निर्वासनमा रहेका उइगरहरुले भने- सिन्जियाङमा जबरजस्ती गर्भपतन गराउने लगायतका यातना दिइयो


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको सिन्जियाङमा रहेका उइगरहरुलाई स्थानीय अधिकारीहरुले नियन्त्रणमा लिने र शिविरमा राखेर यातना दिने क्रम नरोकिएको खुलेको छ ।

चीनबाट टर्की भागेका तीन उइगर महिलाहरुले सिन्जियाङको हिरासत केन्द्रमा भोगेको पीडाबारे वर्णन गरेका छन् । उनीहरुलाई त्यहाँ जबरजस्ती गर्भपतन गराउने र यातना दिने गरेको पीडा सुनाएका छन् ।

तीन महिलामध्येकी एकले आफूलाई गर्भपतन गर्न लगाइएको पनि बताएकी छन् । पूर्वचिकित्सकसमेत रहेकी उनले सिन्जियाङमा उइगरहरुको जनसंख्या वृद्धि नहोस् भन्‍नका लागि बाँझोपन गराउने र गर्भपतनका लागि दबाब दिने गरेको बताएकी छन् ।

सिन्जियाङमा रहँदा उनले चिनियाँ सेनाले आफूहरुलाई रातदिन यातना दिने, यौनका लागि बाध्य पार्ने गरेको समेत बताएकी छन् । उनले भनिन्, “म साढे ६ महिनाकी गर्भवती थिए । प्रहरीहरु आए । जसमा एक उइगर थिए र दुई चिनियाँ थिए । मलाई कारका राखेर अस्पताल लगे । त्यहाँ मेरो गर्भपतन गराइएको रहेछ ।”

५५ वर्षीया बुमर्जेन रोजीले सुरुमा आफूलाई पील दिइएको बताइन् । आफूलाई त्यो के हो भन्‍ने थाहा नभए पनि आफूले खान अस्वीकार गरेपछि पिटेकोसमेत बताएकी छन् । चिनियाँ अधिकारीहरुले हरेक घरघरमा मानिसहरु पठाएर महिलाको अल्ट्रासाउन्ड गर्ने र गर्भवती भए-नभएको विवरण संकलन गर्ने गरेको बताएकी छन् ।

चिनियाँ अधिकारीहरुको निर्देशन नमान्‍नेहरुलाई यातना शिविरमा लगेर पटक-पटक यौनका लागि बाध्य पार्ने गरेको उइगर महिलाहरुले बताएका छन् ।

चीन सरकारले सिन्जियाङमा रहेका उइगरहरुलाई यातना दिएको र अल्पसंख्यक उइगरहरुमाथि नरसंहार गरिरहेको आरोप लगाएका छन् । चीनले मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै अमेरिका, बेलायत, क्यानडालगायतका मुलुकहरुले प्रतिबन्धसमेत लगाएका थिए ।

स्रोत : एपी 

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : ४५ बजे

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक

कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई