निर्वासनमा रहेका उइगरहरुले भने- सिन्जियाङमा जबरजस्ती गर्भपतन गराउने लगायतका यातना दिइयो « Khabarhub

निर्वासनमा रहेका उइगरहरुले भने- सिन्जियाङमा जबरजस्ती गर्भपतन गराउने लगायतका यातना दिइयो


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको सिन्जियाङमा रहेका उइगरहरुलाई स्थानीय अधिकारीहरुले नियन्त्रणमा लिने र शिविरमा राखेर यातना दिने क्रम नरोकिएको खुलेको छ ।

चीनबाट टर्की भागेका तीन उइगर महिलाहरुले सिन्जियाङको हिरासत केन्द्रमा भोगेको पीडाबारे वर्णन गरेका छन् । उनीहरुलाई त्यहाँ जबरजस्ती गर्भपतन गराउने र यातना दिने गरेको पीडा सुनाएका छन् ।

तीन महिलामध्येकी एकले आफूलाई गर्भपतन गर्न लगाइएको पनि बताएकी छन् । पूर्वचिकित्सकसमेत रहेकी उनले सिन्जियाङमा उइगरहरुको जनसंख्या वृद्धि नहोस् भन्‍नका लागि बाँझोपन गराउने र गर्भपतनका लागि दबाब दिने गरेको बताएकी छन् ।

सिन्जियाङमा रहँदा उनले चिनियाँ सेनाले आफूहरुलाई रातदिन यातना दिने, यौनका लागि बाध्य पार्ने गरेको समेत बताएकी छन् । उनले भनिन्, “म साढे ६ महिनाकी गर्भवती थिए । प्रहरीहरु आए । जसमा एक उइगर थिए र दुई चिनियाँ थिए । मलाई कारका राखेर अस्पताल लगे । त्यहाँ मेरो गर्भपतन गराइएको रहेछ ।”

५५ वर्षीया बुमर्जेन रोजीले सुरुमा आफूलाई पील दिइएको बताइन् । आफूलाई त्यो के हो भन्‍ने थाहा नभए पनि आफूले खान अस्वीकार गरेपछि पिटेकोसमेत बताएकी छन् । चिनियाँ अधिकारीहरुले हरेक घरघरमा मानिसहरु पठाएर महिलाको अल्ट्रासाउन्ड गर्ने र गर्भवती भए-नभएको विवरण संकलन गर्ने गरेको बताएकी छन् ।

चिनियाँ अधिकारीहरुको निर्देशन नमान्‍नेहरुलाई यातना शिविरमा लगेर पटक-पटक यौनका लागि बाध्य पार्ने गरेको उइगर महिलाहरुले बताएका छन् ।

चीन सरकारले सिन्जियाङमा रहेका उइगरहरुलाई यातना दिएको र अल्पसंख्यक उइगरहरुमाथि नरसंहार गरिरहेको आरोप लगाएका छन् । चीनले मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै अमेरिका, बेलायत, क्यानडालगायतका मुलुकहरुले प्रतिबन्धसमेत लगाएका थिए ।

स्रोत : एपी 

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : ४५ बजे

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

प्रधानमन्त्री कार्कीसमक्ष ओहदाको प्रमाणपत्र पेस

काठमाडौं – नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक (रेजिडेन्ट

नुवाकोटमा मासु खाने क्रममा हड्डी अड्किएर एक जनाको मृत्यु

नुवाकोट – भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका–५