विपन्नलाई स्थानीय युवाले बनाइदिए घर « Khabarhub

विपन्नलाई स्थानीय युवाले बनाइदिए घर


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– २५ बर्षको उमेरमा तीन छोरीकी आमा बनेपछि पति समेत गुमाएर कष्टकर जीवन बिताइरहेकी झापा कमल ५ टुकुरे गाउँकी संगीता राईलाई स्थानीय युवाले घर बनाई दिएका छन् ।

उनका लागि स्थानीय युवाले जस्ता पाता र काठले बनेको नयाँ घर बनाई दिन थालेका हुन् । उनका पति पुष्प राईको एक वर्ष अघि रतुवा खोलामा डुबेर मृत्यु भएको थियो । उनी गरिबीका कारण घाम पानी छिर्ने जीर्ण घरमा तीन नाबालक सन्तानसहित बस्दै आएकी थिइन ।

स्थानीय नेता हुकुमसिंह राईको नेतृत्वमा संगीताको सुरक्षित बसोेबासका लागि घर निर्माण थालेको र सो घर ५० प्रतिशत सकेका बताइएको छ ।


असहाय तथा विपन्न नागरिकहरुका लागि सरकारले विभिन्न किसिमका सुरक्षित आवासका कार्यक्रमहरु ल्याए पनि संगीताले घर पाउन सकेकी थिइनन ।

संगीताको कतै पहुँच नहुँदा करिब ६/७ वर्षअघिदेखि उनको परिवार त्यहाँ छरछिमेक र सहयोगी दाताहरुको भरमा गुजारा चलाउँदै आएको उनकी छिमेकी स्थानीय शान्ता चेम्जोङ (देवान)ले बताइन ।

उनका लागि अन्य सामान्य सरसहयोग गर्नेहरु आए पनि सुरक्षित घरको अभावमा दाताहरुले दिएको सहयोगसमेत आफनो घरमा लगेर थन्क्याउनु पर्ने अवस्था रहेकोले कम्तीमा घाम पानी नपस्ने सुरक्षित घरको आवश्यकता खडकिएको शान्ताले बताइन ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ४ : ३० बजे

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

आजको मौसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राहुघाट जलविद्युत् आयोजना : ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द