सुरवीनलाई निर्देशकले भने– तिम्रो शरीरको अंग बुझ्न चाहन्छु | Khabarhub Khabarhub

सुरवीनलाई निर्देशकले भने– तिम्रो शरीरको अंग बुझ्न चाहन्छु


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– फिल्म ‘हेट स्टोरी २’मा काम गरेकी अभिनेत्री सुरवीन चावलाले पुनः एक पटक फिल्म उद्योग भित्र लुकेको तितो सत्यलाई उजागर गरेर सनसनी मच्चाएकी छन् । उनले आफू कसरी फिल्ममा चरित्रको सट्टामा ‘कास्टिङ काउच’को शिकार हुनुपरेको थियो भन्ने खुलाएकी हुन् ।

सुरवीरले एक अन्तरवार्तामा आफू तीन पटक ‘कास्टिङ काउच’को शिकार भएको उल्लेख गरेकी छन् । ‘एक समय थियो, जब मलाई एक फिल्म निर्मातासँग जानका लागि भनिएको थियो । एक भूमिकाका लागि निर्देशकले ‘म तिम्रो शरीरको अंगका हरेक इञ्च बुझ्न चाहन्छु’ भनेका थिए । त्यही समयदेखि मैले यस्ता मानिसहरुलाई बहिस्कार गर्दै आएकी छु’, उनले भनेकी छन् ।

सुरवीनका अनुसार दक्षिण भारतीय फिल्मका ती निर्देशकले राष्ट्रिय पुरस्कार जितिसकेका छन् । निर्देशकसँग सुरवीनको निकै लामो अडिसन भएको थियो । उनी त्यो समयमा केही बिरामी थिइन् । अडिसन सकिएपछि उनी घर फर्किइन् । त्यही समयमा निर्देशकले उनलाई तुरुन्तै मुम्बई आउन भनेका थिए । तर उनले निर्देशकको कुरालाई इन्कार गरिन् ।

सुरवीनले ती निर्देशक हिन्दी र अंग्रेजी भाषा नबोले पनि तमिल भाषा मात्र बोल्ने गरेको खुलाइन् । निर्देशकको सहायकले सुरवीनलाई फोन गरेर निर्देशकले सुरवीनलाई नजिकबाट बुझ्न चाहेको र फिल्म बनाउनका लागि लामो समय बिताउने सोच बनाएको बताएका थिए ।

उनले एक निर्माताले आफ्नो वक्षस्थल हेर्न चाहेको पनि खुलाइन् । ‘त्यो निर्माताले मेरो कम्मरमुनिको भाग पनि हेर्न चाहन्थ्यो’, उनले खुलाएकी छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १ : १० बजे

सगरमाथा संवादको उद्घाटन गर्दै प्रधानमन्त्री ओली : सोल्टी होटेलमा विशेष कार्यक्रम

काठमाडौं – शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’

‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सहयोग गर्छौं’

काठमाडौं– नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा

माझफाँट-लेकफाँट सडक कालोपत्र

म्याग्दी– जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

म्याग्दी– सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय

पूर्वाधारको अभावले कोरला नाका सञ्चालनमा समस्या

कोरला– गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन