सन्तोषीको हत्या आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

सन्तोषीको हत्या आरोपमा एक जना पक्राउ


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको दक्षिणकालीस्थित शौचालयमा मंगलबार बिहान मृत भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार हत्या आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका सुरेश तिमल्सिना रहेका छन् ।

तिमिल्सिना दक्षिणकालीस्थित एक वर्कशपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ ।

प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १२ : १३ बजे

दसैँको सामग्री बनाउन भक्तपुरका कुम्हाले व्यस्त 

भादगाउँ– भक्तपुर सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको

पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

कञ्चनपुर– संविधान जारी भएको दशक बितिसक्दा पनि हलिया प्रथाबाट मुक्त

प्रदीप ज्ञवालीलाई प्रश्न- फागुन २१ को निर्वाचन फेस गर्न एमाले तयार छ ?

काठमाडौं – जेन-जी आनदोलनपछि शीर्ष भनिएका पार्टीमा नेतृत्व परिवर्तनको बहस

वीरगञ्जस्थित घण्टाघरको मर्मतसम्भार

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक घण्टाघरको केही भाग भत्किएको संरचना

अविरल वर्षाले धानबालीमा क्षति

नवलपरासी– हालैको अविरल वर्षातले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका