दुई दिनमा तीन व्यवसायीको मृत्यु « Khabarhub

दुई दिनमा तीन व्यवसायीको मृत्यु


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– कोरोनाभाइरस सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ ।

बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र आज दुई व्यवसायीको उपचारका क्रममा झापामै मृत्यु भएको परिवारजनले जनाएका छन् । आज बिहान फिदिमकै ४४ वर्षीया व्यवसायीको मृत्यु भएको हो ।

केही दिनअघि कोरोनाभाइरस सङ्क्रमण भएकी ती महिलाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेकामा आज मृत्यु भएको हो ।

यस्तै गत जेठ १७ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत फिदिमका ५० वर्षीय व्यवसायीको समेत आज बिहान मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या रहेका उनको भेण्टिलेटरमा राखी उपचार भइरहेकामा आज उपचारकै क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ४ : ०० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु