प्रधानमन्त्रीले मुलुकलाई संकटमा धकेल्न खोजेको सभापति देउवाको आरोप | Khabarhub Khabarhub

प्रधानमन्त्रीले मुलुकलाई संकटमा धकेल्न खोजेको सभापति देउवाको आरोप


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले मुलुकलाई संकटमा धकेल्न खोजेको आरोप लगाएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा बिपक्षी गठबन्धनले सम्पादकहरुसंग गरेको छलफलमा उनले दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोज्ने काम प्रधानमन्त्रीले गरेको र यसले मुलुकलाई संकटमा धकेल्न काम भएको बताएका हुन् ।

उनले बहुमत सांसदहरुको दावी राष्ट्रपतिबाट अस्वीकार गरेपछि पाँच दल अदालत जानुपरेको जिकिर गरे । प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध आवश्यक परे जनपरिचालन गर्ने उनले बताए ।

सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहेको पनि उनले बताए । सभापति देउवाले नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीहरुले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्दछ भन्ने मान्यता रहेको जिकिर गरे ।

त्यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको बताए । उनले ओलीको अहंकारले संसद विघटन गरे पनि कोर्स करेक्सन गर्न सकिने जिकिर गरे ।

गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री ओलीलाई पनि स्वागत गरिने उनको भनाइ थियो । उनले संविधान र लोकतन्त्र जोगाउन सकरात्मक सोच राख्ने सबैसँग सहकार्य हुने धारणा राखेका थिए ।

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रलाई समाप्त पारेर ओलीले निरंकुश शासन चलाउन चाहेको आरोप लगाए । अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक अंगहरु तहसनहस पार्दै मुलुकलाई स्वेच्छाचारी र निरकुशतातिर लैजाने प्रयत्नमा लागेको उनको भनाइ थियो । उनले राष्ट्रपतिले समेत संविधानको पालना गर्न नसकेको तर्क गरेका थिए ।

अध्यक्ष यादवले लोकतन्त्र र संविधानको रक्षाका लागि विपक्षी गठबन्धनले राजनीतिक र कानूनी रुपमा लडिरहेको र आगामी दिनमा समेत गठबन्धन मिलेरै अघि बढ्ने जिकिर गरे ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ४ : ०८ बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार