प्रधानमन्त्रीले मुलुकलाई संकटमा धकेल्न खोजेको सभापति देउवाको आरोप « Khabarhub

प्रधानमन्त्रीले मुलुकलाई संकटमा धकेल्न खोजेको सभापति देउवाको आरोप


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले मुलुकलाई संकटमा धकेल्न खोजेको आरोप लगाएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा बिपक्षी गठबन्धनले सम्पादकहरुसंग गरेको छलफलमा उनले दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोज्ने काम प्रधानमन्त्रीले गरेको र यसले मुलुकलाई संकटमा धकेल्न काम भएको बताएका हुन् ।

उनले बहुमत सांसदहरुको दावी राष्ट्रपतिबाट अस्वीकार गरेपछि पाँच दल अदालत जानुपरेको जिकिर गरे । प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध आवश्यक परे जनपरिचालन गर्ने उनले बताए ।

सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहेको पनि उनले बताए । सभापति देउवाले नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीहरुले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्दछ भन्ने मान्यता रहेको जिकिर गरे ।

त्यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको बताए । उनले ओलीको अहंकारले संसद विघटन गरे पनि कोर्स करेक्सन गर्न सकिने जिकिर गरे ।

गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री ओलीलाई पनि स्वागत गरिने उनको भनाइ थियो । उनले संविधान र लोकतन्त्र जोगाउन सकरात्मक सोच राख्ने सबैसँग सहकार्य हुने धारणा राखेका थिए ।

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रलाई समाप्त पारेर ओलीले निरंकुश शासन चलाउन चाहेको आरोप लगाए । अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक अंगहरु तहसनहस पार्दै मुलुकलाई स्वेच्छाचारी र निरकुशतातिर लैजाने प्रयत्नमा लागेको उनको भनाइ थियो । उनले राष्ट्रपतिले समेत संविधानको पालना गर्न नसकेको तर्क गरेका थिए ।

अध्यक्ष यादवले लोकतन्त्र र संविधानको रक्षाका लागि विपक्षी गठबन्धनले राजनीतिक र कानूनी रुपमा लडिरहेको र आगामी दिनमा समेत गठबन्धन मिलेरै अघि बढ्ने जिकिर गरे ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ४ : ०८ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै