काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छिन् ।
नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिशमा वरिष्ठ अधिवक्ता भण्डारीलाई राष्ट्रपतिले न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजिम खनियापानी –९, रामेछापका भण्डारीलाई सो पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यस्तो छ विज्ञप्ति
प्रतिक्रिया