निशान इण्डियाको नयाँ म्याग्नाइट नेपालसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात | Khabarhub Khabarhub

निशान इण्डियाको नयाँ म्याग्नाइट नेपालसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निशान इण्डियाले आफ्नो नयाँ उत्पादन निशान म्याग्नाइट नेपाल, इण्डोनेशिया, दक्षिण अफ्रिकामा निर्यात गर्ने घोषणा गरेको छ ।

यो नयाँ पुस्ताको उत्पादन सन् २०२० को डिसेम्बरमा प्रारम्भ गरिएको थियो र सन् २०२१ को मे महिनासम्म १५ हजार १० वटा निशान म्याग्नाइट पूर्णरुपमा तयार गरिसकेको थियो ।

आधुनिक प्रविधि र आकर्षणयुक्त यो सवारी साधन मध्ये १३ हजार ७ सय ९० वटा भारतीय बजारमा गइसकेको थियो भने १ हजार २ सय २० वटा निर्यात गरिएको थियो ।

‘मेक इन इण्डिया, मेक फर वल्र्ड’ अवधारणा सहित निर्माण गरिएको यो नयाँ सवारी साधन भारतमा सफलता बिस्तार गर्नुका साथै निर्माण भएको ३० दिनमा नेपालमा ७ सय ६० भन्दा बढी बुकिङ्ग भएकोले यसले निर्धारण गरेको मासिक बिक्री १ हजार ५ सय ८० पूरा हुने विश्वास गरिएको छ ।

नयाँ उत्पादनको विशेषता र यसको सफल भविष्यबारे आफ्नो धारण व्यक्त गर्दै निशान मोटर इण्डिया प्रा.लि.का अध्यक्ष सिनान ओजकोकले भने ,“भारतीय उपभोक्ताहरुले यसको नमूना र नयाँ प्रविधिलाई अत्यन्त रुचाएका छन् र भविष्यमा यसले आफ्नो बजार आक्रामकरुपमा अगाडि बढाउने छ ।”

उनले ‘मेक इन इण्डिया, मेक फर वल्र्ड’ अवधारणाले विश्व बजारमा पनि उपभोक्ताले रुचाउने र राम्रो बजार पाउने विश्वास व्यक्त गरे ।  जति जति उपभोक्ताले आफ्नो प्रयोगमा ल्याउछन्, त्यति नै यसको माग बढ्दै जाने उनको धारणा छ ।

निशान म्याग्नाइट जति जति उत्पादन बढाइँदै जान सक्यो त्यति नै विश्व बजारमा यसको माग पनि बढ्दै जाने छ । प्रारम्भिक अवस्थामा नै यसको गुणस्तरले जसरी आकर्षण देखापरेको छ, यसले निशान म्याग्नाइटको बजार बिस्तार हुने निश्चित छ ।

निशान मोटर इण्डिया प्रा.लि. जापानको निशान मोटर कम्पनीको शतप्रतिशत सहायक कम्पनी हो र सन् २००५ देखि भारतमा उत्पादन थालेको हो । यसको कारखाना चेन्नईमा रहेको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १२ : ५७ बजे

सर्वसाधारणका लागि झापा इनर्जीले भदौ २० गते आइपीओ निष्काशन गर्ने

काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा