ओली ‘विदेशीको टाङमुनि छिरेको’ प्रचण्डको आरोप « Khabarhub

ओली ‘विदेशीको टाङमुनि छिरेको’ प्रचण्डको आरोप


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र प्रधानमन्त्री मिलेर नेपालको लोकतन्त्र नै कमजोर बनाउन लागेको भन्दै चर्को आलोचना गरेका छन् ।

विपक्षी गठबन्धनले गरेको सम्पादकहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले राष्ट्रपति संस्थाकै बदनाम भएको आरोप लगाए ।

उनले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको आभास भएको  टिप्पणी  समेत गरे । उनले भने,‘राष्ट्रपति कार्यालय सबैले अभिभावक भनेर, संविधानको संरक्षक भनेर, अझ म त महिलालाई अघि सारिदिउँ भनेर अघि सारेको, हेर्नुस त राष्ट्रपति संस्था कस्तो भयो ?अहिले त राष्ट्रपति संस्था कस्तो भयो भने…यो भन्दा त राजा ठिक थियो नि। अहिले त सान पनि छैन । नाम पनि छैन । इज्यत नि छैन । कस्तो भयो हामीले बनाएको संस्था ?’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कदमविरुद्ध जस्तो परिस्थिति आए पनि सामना गर्न तयार रहने बताए ।

केपी शर्मा ओलीलाई तीन वर्षमा राम्रोसँग चिनेको भन्दै  उनले भने,‘यो तीन वर्षमा राम्रोसँग चिने । संघर्ष पनि हामीले नै शुरु गरेका हौं । संघर्ष किन गरियो ? सुविधा लिन त त्यही सजिलो थियो नि । ओलीकै कारण संविधान, लोकतन्त्र, राष्ट्र सबै वर्वाद हुने भयो भनेपछि विद्रोह गरेका हौं ।’

अध्यक्ष प्रचण्डले कांग्रेस दक्षिणपन्थी नभएको तर ओली बामपन्थी पनि नरहेको भन्दै भने,‘कांग्रेस संविधान र लोकतन्त्र बचाउन हिडेको छ । केपी ओली संविधान र लोकतन्त्र सिध्याउन हिड्नुभएको छ । कांग्रेसले ओलीजीलाई विदेशीको टाङमुनि छिरेको आरोप लगाएको छ । ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ । त्यसैले कांग्रेस दक्षिणपन्थी होइन, ओलीजी वामपन्थी होइन ।’

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले एमसीसीबारे समझदारी गराएर संसदबाटै अघि बढाउने बताए । उनले भने,‘एमसीसीबारे एउटा समझदारी बनाएर संसदबाटै केही गर्नुपर्ने छ भने पनि गराएर समझदारीमा अघि बढ्छौँ । हामीले भनेका छौं, राष्ट्रिय हितअनुकुल हुनेगरी नै अघि बढ्ने हो ।’

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ७ : ३९ बजे

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

ललितपुर– हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको

गालीगलौजमा उत्रिन थाले पार्टी बैठक र प्रतिवेदन छल्दै हिँडेका ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह प्रदेश कोशी