नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल « Khabarhub

नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोग बारे छलफल भएको छ ।

कतारका लागि नेपाली राजदूत डा‍. नारदनाथ भारद्धाज र कतार मिडिया को–अपरेशनका प्रमुख निर्देशक अब्दुल्लाह बिन हमाद अल–थानीबीच भएको भेटमा नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल हो ।

कतार मिडिया अफिसमा बिहीबार भएको भेटमा कतारमा कार्यरत नेपालीलाई कस्ता कार्यक्रम ल्याएर कसरी सूसुचित गर्न सकिन्छ भन्ने बारे छलफल भएको थियो।

भेटमा उनीहरुबीच नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोगका विभिन्न पक्ष र सम्भावनाहरूबारे छलफल भएको नेपाली दूतावास दोहाले जनाएको छ ।

उनीहरूले निकट भविष्यमा जानकारीमूलक रेडियो कार्यक्रम निर्माण गर्न नेपाल दूतावास र कतार मिडिया कर्पोरेशनबीच सहयोगको सम्भावनाबारे समेत छलफल भएको दूतावासले जनाएको छ ।

यहाँको कानुन तथा भाषामा नबुझ्दा नेपालीलाई समस्या हुने गरेकाले नेपाली भाषामै कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।

नेपालीहरुका लागि रोजगारीको प्रमुख गन्तब्य रहेको कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : २८ बजे

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक