सामूहिक राजीनामा दिएर आन्दोलित बनेका पुनर्निर्माणमा खटिएका प्राविधिक पक्राउ (फोटोफिचर) | Khabarhub Khabarhub

सामूहिक राजीनामा दिएर आन्दोलित बनेका पुनर्निर्माणमा खटिएका प्राविधिक पक्राउ (फोटोफिचर)


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफूहरुको मागका बारेमा कुनै सुनुवाइ नभएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरुले सामूहिक राजीनामा दिएका छन् ।

शुक्रबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण बञ्चित गराइएको भन्दै ३२ जिल्लाका प्राविधिकहरुले सामूहिक राजीनामा दिएको जनाएका हुन् ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा राजीनामा बुझाउँदै उनीहरुले नाराबाजी गरेका थिए । प्लेकार्डसहित नाराबाजी गरेपछि प्राविधिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्राधिकरणले दिने भनिएको सुविधाहरुबाट बञ्चित गराउँदा चरणबद्ध आन्दोलन गरेको महिनौँ बितिसक्दा पनि मागहरु पूरा नहुने देखेपछि बाध्य भएर आन्दोलन गर्दै राजीनामा बुझाउनु परेको समितिले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ३ : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर