सामूहिक राजीनामा दिएर आन्दोलित बनेका पुनर्निर्माणमा खटिएका प्राविधिक पक्राउ (फोटोफिचर) « Khabarhub

सामूहिक राजीनामा दिएर आन्दोलित बनेका पुनर्निर्माणमा खटिएका प्राविधिक पक्राउ (फोटोफिचर)


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफूहरुको मागका बारेमा कुनै सुनुवाइ नभएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरुले सामूहिक राजीनामा दिएका छन् ।

शुक्रबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण बञ्चित गराइएको भन्दै ३२ जिल्लाका प्राविधिकहरुले सामूहिक राजीनामा दिएको जनाएका हुन् ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा राजीनामा बुझाउँदै उनीहरुले नाराबाजी गरेका थिए । प्लेकार्डसहित नाराबाजी गरेपछि प्राविधिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्राधिकरणले दिने भनिएको सुविधाहरुबाट बञ्चित गराउँदा चरणबद्ध आन्दोलन गरेको महिनौँ बितिसक्दा पनि मागहरु पूरा नहुने देखेपछि बाध्य भएर आन्दोलन गर्दै राजीनामा बुझाउनु परेको समितिले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ३ : ४० बजे

शान्ति सम्झौता र गणतन्त्रका पक्षधरबीच मोर्चाबन्दी आवश्यक : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल