पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री श्रेष्ठको निर्देशन : कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी अवस्थामा रहनू « Khabarhub

पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री श्रेष्ठको निर्देशन : कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी अवस्थामा रहनू


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको सम्भावित तेस्रो लहरको जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले केही देशमा कोरोनाको तेस्रो लहरको संकेत देखापरेको भन्दै नेपालमा पनि सम्भावित तेस्रो लहरको जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा रहन सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।

उनले तेस्रो लहरले बालबालिकामा जोखिम देखिन सक्ने भएकाले त्यसको पूर्व तयारी गर्नुपर्ने बताए । उनले आफू काम र परिणाममा विश्वास गर्ने जिकिर गरे । मन्त्री श्रेष्ठले नागरिकलाई खोप दिनुपर्ने अहिलेको ठूलो काम भएको भन्दै त्यसको लागि सरकार गम्भीर भएर अघि बढेको जानकारी दिए । उनले कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको लागि पहल गर्ने पनि बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी दिएपछि उनले शुक्रबार स्वास्थ्य मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् ।

मन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयसँगै वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ४ : १० बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार