२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ५८६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५५ जना गरी २ हजार ४७६ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ४५५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा ३,  झापामा ४७, ताप्लेजुङमा ३, धनकुटामा १२, पाँचथर २८, भोजपुर २,  मोरङमा ९७, संखुवासभा ११, सोलुखुम्बु १  र सुनसरी ९४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ११, पर्सामा १२,  बारामा ९, महोत्तरीमा ६, रौतहटमा ३, सप्तरीमा १४, सर्लाहीमा ३१ र सिरहामा २ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ३०८, काभ्रेमा १४, चितवनमा ३६, दोलखामा २, धादिङमा ८, नुवाकोटमा ५, भक्तपुरमा ४३, मकवानपुरमा ४०, रसुवा १, रामेछापमा २२, ललितपुरमा ७६, सिन्धुली १३ र सिन्धुपाल्चोकमा ४४ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २३३, गोरखामा २९, तनहुँमा १२५, नवलपरासी पूर्वमा २०, पर्वतमा २५, म्याग्दीमा १८, लमजुङमा ३४, बागलुङमा १३ र स्याङजामा ३५ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ८, गुल्मीमा ५३, दाङमा ५, नवलपरासीमा ९, पाल्पामा ३,  बर्दियामा १५, बाँकेमा ४, रुकुमपूर्व ३, रुपन्देहीमा २३ र रोल्पामा २ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा ७, दैलेखमा १५, रुकुम पश्चिममा १, सल्यानमा १, र  सुर्खेतमा १० जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ४, कैलालीमा २३, डडेल्धुरामा २, बैतडीमा १ र डोटीमा ४  जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ६ : ५४ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६