ज्वाला सङ्ग्रौलासहित तीनजनालाई थप पाँच दिन थुनामा राख्न अनुमति « Khabarhub

ज्वाला सङ्ग्रौलासहित तीनजनालाई थप पाँच दिन थुनामा राख्न अनुमति


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी हिरासतमा रहेकी आफूलाई सामाजिक अभियानी बताउने ज्वाला संग्रौलासहित तीनजनालाई थप पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।

अनुसन्धानको लागि पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले शुक्रबार अनुमति दिएको हो । अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी संग्रौलासहितको उनको समूहमाथि अनुसन्धान गर्न तीन दिनको समय कम भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट थप पाँच दिन समय मागेको हो।

युवा संघमा आवद्ध संग्रौलाकी पहिलेकै साथी खुश्बु नविता घिमिरेलाई कुटपिट गरेको जाहेरीका आधारमा उनको समूहलाई प्रहरीले पक्राउ गरेको हो । संग्रौलासहित उनको समूहका केहीले जेठ १४ गते खुश्बुलाई कुटपिट गरेको किटानी जाहेरीमा उल्लेख छ । असार ६ गते संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले गत आइतबार पक्राउ गरेको थियो ।

संग्रौलासहित उनको समूहले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दुर्व्यवहार गरेको थियो । उक्त घटनामा उनीहरूमाथि छानविन गर्ने प्रहरीले तयारी गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ७ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै