अनलाइन सञ्चारलाई लोककल्याणकारी विज्ञापनमा समेट्न जोड | Khabarhub Khabarhub

अनलाइन सञ्चारलाई लोककल्याणकारी विज्ञापनमा समेट्न जोड


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चार क्षेत्रका विज्ञ तथा पत्रकारले स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिनुपर्ने माग गरेका छन् ।

प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको कोभिड–१९ महामारीमा पत्रकार र सञ्चारमाध्यमको अवस्था र आचारसंहिता पालना सम्बन्धमा वाग्मती प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा उनीहरुले पत्रकारलाई आर्थिक सहयोग गर्नुपर्ने, काउन्सिलले प्रदान गर्ने राहत बढाउनुपर्ने र अनलाइनलाई लोककल्याणकारी विज्ञापनका लागि पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

पत्रकारको प्रेस पासको व्यवस्था जिल्लाबाटै हुनुपर्ने र पत्रपत्रिका वर्गीकरणको नतिजा समयमै सार्वजनिक गर्नुपर्ने पनि पत्रकारको माग थियो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सातै प्रदेशबाट सुझाव सङ्कलन गरी प्रतिवेदन बनाएर छिट्टै पत्रकारको पक्षमा निर्णय गरिने प्रतिबद्धता व्यक्त गर्दै लेखनवृत्तिमार्फत पत्रकारलाई दिइँदै आएको सुविधा बढाइने र बिरामी पत्रकारको उपचारार्थ औषधोपचारमा सहयोग गरिने जानकारी दिए ।

काउन्सिल सदस्य चिरञ्जीवी मास्केले श्रमजीवी पत्रकारलाई महामारीका समयमा रोजगारीबाट निकाल्ने, तलब नदिनेजस्ता गतिविधि भएकामा चिन्ता व्यक्त गर्दै विज्ञापनको भुक्तानी समयमा नहुँदा सञ्चारगृह समस्यामा परेको बताए ।

नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाले काउन्सिलबाट पत्रकारको पेशागत शुद्धता, क्षमतामा वृद्धि एवं पेशागत मर्यादा कायम रहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १० : १५ बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने