फेवाताल वरिपरीको पदमार्ग निर्माणका लागि डेढ करोड छुट्याइयो | Khabarhub Khabarhub

फेवाताल वरिपरीको पदमार्ग निर्माणका लागि डेढ करोड छुट्याइयो


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिँदै पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि रु छ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ ।

विनियोजित बजेटमध्ये चालुतर्फ रु छ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको हो । पूँजीगततर्फ रु तीन अर्ब ३७ लाख अर्थात् ५३.६ प्रतिशत विनियोजन गरिएको छ । चालु आवका लागि रु पाँच अर्ब ७२ करोडको बजेट ल्याइएको थियो ।

नवौँसभामा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरे बजेटले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवातालको वरिपरि पदमार्ग निर्माण गर्न रु एक करोड ५० लाख विनियोजन प्रस्ताव गरिएको छ । त्यसैगरी होमस्टेहरूको क्षमता विकास गर्ने, पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रका सङ्घ संस्थाहरूसँग हातेमालो गर्ने, पर्यटन प्रवर्द्धनको लागि फेस्टिबल, महोत्सव, तथा विशेष कार्यक्रम आयोजना गरिने कार्यक्रमलाई पनि समावेश गरिएको छ ।

प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षमा पोखराको ‘पर्यटन गुरुयोजना’ तर्जुमा गरिने र पर्यटन विकासलाई थप प्राथमिकता दिन महानगरपालिकामा पर्यटन शाखा स्थापना गरिने उल्लेख छ । पर्यटन वसपार्क तथा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन सूचना केन्द्र स्थापना लागि पनि रु २० लाख विनियोजन गरिएको छ । त्यस्तै, पोखराको पर्यटनमा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको पोखरा क्षेत्रका सात ताल जोड्ने गरी खाका तयार भएको साइकल रुटको प्रवद्र्धन तथा विकासको लागि ५० लाख बजेट विनियोजन गरिएको छ । पोखरा २८ ठूलाकोटमा ‘अस्टोनोमी पार्क’ निर्माण गर्न प्रदेश सरकारसँग साझेदारी गरिने र पोखरा ६ मा रहेको वसुन्धरा र कोमागाने पार्कमा थप पूर्वाधार निर्माण गर्न १ करोड बजेट विनियोजन प्रस्ताव गरिएको छ ।

पोखराको भगिनीसम्बन्ध स्थापना भएका नगरहरूको सम्मेलन आयोजना गर्न नेपालका नियोगमार्फत् पहल गरिने जनाइएको छ । कोभिडको अवस्था मूल्याङ्कन गरी उक्त कार्यक्रम तर्जुमा गरिने र उक्त कार्यक्रम पोखराको पर्यटन प्रवर्द्धनमा सार्थकसिद्ध हुने विश्वास गरिएको छ ।

त्यस्तै पोखरा टावर निजी क्षेत्रको समेत लगानीमा निर्माण गर्नेगरी संभाव्यता अध्ययन गरिने उल्लेख छ । उक्त कार्यक्रमको लागि रु १० लाख विनियोजन गरिएको छ भने पोखरा वडा नम्बर ४ को उपयुक्त स्थानमा ‘कोसेली घर’ निर्माणलाई पनि समावेश गरिएको छ ।

पर्यटनसँग जोडिएका पूर्वाधारहरू निर्माणमा निजी लगानी प्रोत्साहन गर्ने तथा कम लागतका पर्यटकीय पूर्वाधार तत्कालै निर्माण गर्नेजस्ता कार्यक्रमहरू सञ्चालन गरी समग्र पर्यटन क्षेत्रको विकास गरिने बजेटमा उल्लेख छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : ४५ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको