आज २०७८ असार १२ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ असार १२ गते शनिबारको राशिफल


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ असार १२ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष

आज नयाँ कार्यको योजना बन्नेछ । अनुहार कान्ति मनमा शान्ति छाउनेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।यात्राको योग छ । शैक्षिक क्षेत्रमा प्रगति हुँनेछ ।

बृष

आफन्त र साथिभाईको पूर्ण समर्थन रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । पूरानो समस्या सुल्झाउन सकिनेछ । खानपानमा विशेष ध्यान दिनुहोला ।

मिथुन

अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । खानपिनमा ध्यान दिनुहोला ।

कर्कट

रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।

सिंह

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।

कन्या

रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

तुला

वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।

बृश्चिक

आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु

लामो समयका अधुरा कामहरू पूरा हुनेछन् । शुभ कार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । प्रेममा खटपट आउन सक्छ ।

मकर

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।

कुम्भ

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।

मीन

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्छ । खानपिनमा पनि विचार गर्नुहोला । प्रेम सम्बन्धमा मधुरता आउनेछ ।

 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ५ : ३४ बजे

एमालेसँग एकता गर्ने नीति र सोच छैन : अग्नि सापकोटा

काठमाडौं– नेकपा (माओवादी) केन्द्रले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेसँग एकता

फेसबुकमा सामग्री सेयर गरेको आरोपमा राप्रपाका युवा नेता समातिए

काठमाडौं- राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका

ट्रम्पको कर लगाउने धम्कीपछि चीनले भन्यो– ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप

‘कुलिङ पिरियड’ गडबडीबारे छानबिन गर्न गठित समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ : रास्वपा

काठमाडौं– रास्वपा प्रमुख सचेतक सन्तोष परियारले कुलिङ अफ पिरियड प्रकरणको

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

सप्तरी– अग्नीसाइर कृष्णासवरन गाउँपालिका-३ मतिगडा पूर्वीटोल बस्ने सुभाष चौधरीको छोरा तीन