यातायात खुलेनन्, कार्यालय खुल्यो « Khabarhub

यातायात खुलेनन्, कार्यालय खुल्यो


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासी जिल्लामा यात्रुवाहक सवारी सञ्चालन गर्न रोक लगाइए पनि यातायात व्यवस्था कार्यालय भने आइतबारदेखि सूचारु हुने भएको छ ।

जिल्ला भित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानका कार्यालयहरुबाट उपलब्ध हुने सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएपछि यातायात व्यवस्था कार्यालय नवलपुरले शुक्रबार सार्वजनिक सूचना जारी गरी सेवा सञ्चालन गर्ने जनाएको हो ।

आइतबारदेखि सवारी साधन कर संकलन र सवारी दर्ता प्रमाणपत्र नवीकरण, सवारी जाँचपास, पटके र रुट इजाजत, सवारी दर्ता तथा सवारी लाइसेन्स परीक्षा उत्तीर्ण भएकाहरुको दस्तुर बुझ्ने काम गरिने यातायात व्यवस्था कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख ज्ञानप्रसाद भुसालले बताए ।

सवारी लाइसेन्स परीक्षा उत्तीर्ण भएकाको दस्तुर बुझ्ने काम गरिए पनि लाइसेन्स सम्बन्धी अन्य सेवाहरु भने नदिने कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरमा पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय शुक्रबार राति १२ बजेदेखि सकिँदै थियो । शुक्रबार रातीदेखि नै लागू हुने गरी असार १८ गते राती १२ बजेसम्मका लागि यात्रुबाहक सवारी साधन, पठनपाठन, मेला, महोत्सव लगायत सञ्चालनमा रोक लगाइएको छ ।

आर्थिक गतिविधि तथा व्यवसाय सञ्चालन गर्न पाइने गरी खुकुलो पार्दै निषेधाज्ञा लागू गरिएको छ ।

यस्तो छ सूचना

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : ०० बजे

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले