यातायात खुलेनन्, कार्यालय खुल्यो « Khabarhub

यातायात खुलेनन्, कार्यालय खुल्यो


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासी जिल्लामा यात्रुवाहक सवारी सञ्चालन गर्न रोक लगाइए पनि यातायात व्यवस्था कार्यालय भने आइतबारदेखि सूचारु हुने भएको छ ।

जिल्ला भित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानका कार्यालयहरुबाट उपलब्ध हुने सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएपछि यातायात व्यवस्था कार्यालय नवलपुरले शुक्रबार सार्वजनिक सूचना जारी गरी सेवा सञ्चालन गर्ने जनाएको हो ।

आइतबारदेखि सवारी साधन कर संकलन र सवारी दर्ता प्रमाणपत्र नवीकरण, सवारी जाँचपास, पटके र रुट इजाजत, सवारी दर्ता तथा सवारी लाइसेन्स परीक्षा उत्तीर्ण भएकाहरुको दस्तुर बुझ्ने काम गरिने यातायात व्यवस्था कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख ज्ञानप्रसाद भुसालले बताए ।

सवारी लाइसेन्स परीक्षा उत्तीर्ण भएकाको दस्तुर बुझ्ने काम गरिए पनि लाइसेन्स सम्बन्धी अन्य सेवाहरु भने नदिने कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरमा पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय शुक्रबार राति १२ बजेदेखि सकिँदै थियो । शुक्रबार रातीदेखि नै लागू हुने गरी असार १८ गते राती १२ बजेसम्मका लागि यात्रुबाहक सवारी साधन, पठनपाठन, मेला, महोत्सव लगायत सञ्चालनमा रोक लगाइएको छ ।

आर्थिक गतिविधि तथा व्यवसाय सञ्चालन गर्न पाइने गरी खुकुलो पार्दै निषेधाज्ञा लागू गरिएको छ ।

यस्तो छ सूचना

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : ०० बजे

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन