आज पनि चल्न सकेन कर्णाली प्रदेशसभाको बैठक | Khabarhub Khabarhub

आज पनि चल्न सकेन कर्णाली प्रदेशसभाको बैठक


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको बाह्रौँ बैठक आज पनि चल्न सकेन । असार १ गते यता चारपटक स्थगित भएको सदन आज शुरु भएलगतै नेकपा (एमाले)ले अवरोध गरेको थियो ।

बैठक आरम्भ भएसँगै एमाले प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले असार १ गते बजेट प्रस्तुत गरेको १० दिन बितिसके पनि सरकारले संसद्को गाम्भीर्य नबुझेको बरु सरकार प्रमुख मुख्यमन्त्रीले एमालेभित्रको आन्तरिक किचलोले संसद् चल्न नसकेको भ्रम छरेको भन्दै उनीप्रति रोष प्रकट गरे ।

एमालेको सांसदहरूको कारण संसद् अवरुद्ध नभएको प्रष्ट्याउँदै सचेतक शाहीले भने, “एमालेको राजनीतिक मुद्दा संसद्मा राख्दा सरकारले सुनुवाइ गरेन । फरक परिस्थितिमा मन्त्री भएकाले सर्वोच्च अदालतले पुनर्बहाली गरिसकेपछि एमालेको दलको सदस्यको रूपमा उपस्थिति हुन गरेको निर्देशन सरकार र सदनले लागू गरेन ।”

सचेतक शाहले सरकारले स्थानीय तहमा समपूरक, समानीकरण, विशेष अनुदान घटाएको तर सशर्त अनुदान प्रदेशको पैसा भएकाले बढाएर रु एक अर्ब २९ करोड ९९ लाख पुर्‍याएको र कार्यकर्ता भरणपोषण गर्नका लागि योजना बाँडेको टिप्पणी गरे ।

अवरुद्ध बैठक अगाडि बढ्न नसकेपछि सभामुख राजबहादुर शाहीले असार १३ गते (आइतबार) दिउँसो २ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : ४५ बजे

कालिञ्चाेक गाउँपालिकाको आगामी बजेट ६५ करोड ७६ लाख

दोलखा– जिल्लाको कालिञ्चाेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति

सुनको मूल्य घट्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– घरेलु बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन १७

उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान

मुस्ताङ– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै

माधव नेपाल विशेष अदालतमा उपस्थित 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष

आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

भक्तपुर– भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा