दमाम-काठमाडौँ सातामा २ उडान, आधिकारिक एजेन्सीबाट मात्र टिकट लिन आग्रह « Khabarhub

दमाम-काठमाडौँ सातामा २ उडान, आधिकारिक एजेन्सीबाट मात्र टिकट लिन आग्रह


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीका कारण बन्द भएको हवाई उडान फेरि संचालन भएसँगै दमाम-काठमाडौँ सातामा २ उडान हुने भएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै दमाम-काठमाडौं सतामा २ हवाई उडान हुने जानकारी दिएको छ ।

दूतावासका अनुसार स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना हुने गरी केही मुलुकका लागि सीमित संख्यामा अन्तर्राष्ट्रिय हवाई उडानको अनुमति दिने नेपाल सरकारको निर्णयबमोजिम नेपाल उड्डयन प्राधिकरणले प्रकाशन गरेको साप्ताहिक हवाई उडान तालिका सार्वजनिक गरेको जनाएको छ ।

जसअनुसार काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा सातामा २ वटा उडान हुने छ भने यसका अतिरिक्त साप्ताहिक रुपमा कतारबाट-७, युएईबाट-५, कुवेतबाट-२ र ओमानबाट-१ वटा उडान राखिएकाले ती मुलुकलाई ट्रान्जिट बनाएर समेत नेपाल दूतावासले जनाएको छ ।

उडान हुने भएपछि यात्रुहरु नठगिउन भनेर दूतावासले सम्बन्धित एयरलाइन्सका आधिकारीक ट्राभल एजेन्सीमा सम्पर्क गरेर आधिकारिक ट्राभलबाट टिकट लिन अनुरोध गरेको छ ।

यस्तै साउदीबाट स्वदेश फर्किने नेपालीहरुले ७२ घण्टाभित्रको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ भएको प्रमाण पत्र तथा सीसीएमसीले जारी गरेको फारम भरेर बारकोड अनिवार्य रुपमा साथमा हुनुपर्नेछ ।

काठमाडौं पुगेपछि ५ दिनसम्म अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने र त्यहाँ पनि पीसीआर परीक्षण गरिनेछ र रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टिनमा बस्नेगरी घर जान दिइने छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : १० बजे

कूटनीतिक राहदानीबारे सभामुख र दलका मुख्य सचेतकहरुबीच छलफल हुँदै

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा

‘जबज’सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन् : शंकर पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक

नेकपा स्थापना दिवस कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापना दिवसको

दिपक भट्टमाथिको अनुसन्धान प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा