सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ बालिकाको मृत्यु | Khabarhub Khabarhub

सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ बालिकाको मृत्यु


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा तेल बोक्ने ट्यांकरले एकैपटक दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा शनिबार ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा रुपनी गाउँपालिका ३ कि ८ वर्षीया यशोधा देवी र कञ्चनरुप नगरपालिका ६ बस्ने सुनैया प्रबीणको ज्यान गएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख ५४९५ नम्बरको ट्यांकरले सडकको बायाँ भागमा रोकिराखेको स.११ प २५८५ र स.२ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रुपनी गाउँपालिका ३ कि ८ वर्षकी यशोधा देवीको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्धिवेदीले बताए ।

यस्तै, स २ प ५२४५ नम्बरको मोटरसाइकलमा सवार कञ्चनरुप नगरपालिका ६ बस्ने सुनैया प्रबीणको सोही ट्यांकरको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालिकाका हजुरबुवा सलीमले बुहारी र नातिनीलाई लिएर घरतर्फ जाँदै गर्दा ट्यांकरले ठक्कर दिएको प्रहरी निरीक्षक द्विवेदीले बताए ।

दुबै मोटरसाइकलमा सवार अन्य व्यक्तिहरु भने सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ४ : ४४ बजे

गण्डकी प्रदेशमा आठ सय बढीमा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशमा गत पुस महिनायता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या

वैशाखदेखि हालसम्म विपद्का दुई हजार ८५३ घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाखदेखि

पहिराेले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन– सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै