नेपालमा २ हजार १६ संक्रमित थपिए, ३० को मृत्यु « Khabarhub

नेपालमा २ हजार १६ संक्रमित थपिए, ३० को मृत्यु


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ४ हजार ७०४ जनाको पीसीआर परीक्षण र ४ हजार ८०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार १६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनसहित ९ हजार ५१० नमुना परीक्षण गरिएको छ ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ६३ हजार ८५७ पुगेको छ । जसमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३२ हजार ३२६ मा पोजेटिभ देखिएको छ भने एन्टिजेन परीक्षणमा ३१ हजार ५३१ मा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ३० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ९७५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ५ : १६ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज