नेपालमा २ हजार १६ संक्रमित थपिए, ३० को मृत्यु | Khabarhub Khabarhub

नेपालमा २ हजार १६ संक्रमित थपिए, ३० को मृत्यु


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ४ हजार ७०४ जनाको पीसीआर परीक्षण र ४ हजार ८०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार १६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनसहित ९ हजार ५१० नमुना परीक्षण गरिएको छ ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ६३ हजार ८५७ पुगेको छ । जसमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३२ हजार ३२६ मा पोजेटिभ देखिएको छ भने एन्टिजेन परीक्षणमा ३१ हजार ५३१ मा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ३० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ९७५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ५ : १६ बजे

जलिसकेको देउवाको घरमा सर्वसाधारण, केही भेटाउने आशमा खरानी पन्छाउँदै (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनमा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री

जेन-जीलाई रास्वपा सांसद खनालको आग्रह : निषेधको राजनीतिको भ्रममा नपरौँ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य शिशिर खनालले

अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन 

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले आफूलाई अन्तरिम सरकारको नेतृत्व

राष्ट्रपतिको निजी निवास बिहीबार यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आन्दोलनकारीहरूले आगजनी गरेपछि घरभित्र