आज २०७८ असार १३ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ असार १३ गते आइतबारको राशिफल


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ असार १३ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

आज नयाँ योजना बन्नेछ । आँटेको र ताकेको कार्य पूरा होला । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । अनुहारमा कान्ति मनमा शान्ति छाउनेछ ।

बृष

स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

मिथुन

आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कर्कट

आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ । कृषि कार्यका कमहरू सम्पन्न हुनेछन् ।

सिंह

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन् । प्रेम सम्बन्धमा मधुरता आउनेछ ।

कन्या

शुभ समाचार सुन्न पाइनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । स्वादिष्ट परिकारले समेत प्रतीक्षा गर्नेछ ।

तुला

अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।

बृश्चिक

आज विद्या र बुद्धिको ह्रास हुनसक्छ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च पनि हुनेछ, तर सफल यात्राको योग पनि छ ।

धनु

आफन्तसँग भेटघाट हुनेछ । रोकिएको धन प्राप्त हुनेछ । साँझपख चोटपटकको भय छ । शैक्षिक क्षेत्र सन्तोषजनक रहनेछ । खानपिनमा विशेष ध्यान दिनुहोला ।

मकर

आफन्तको प्रगतिमा मन रमाउनेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । आर्थिक क्षेत्र सकारात्मक रहला । पुनर्मिलनको योग पनि छ ।

कुम्भ

साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक यात्राको योग पनि रहेको छ ।

मीन

आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : ३५ बजे

रविका नाममा रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाले भने- राजनीतिक प्रोपोगाण्डाले अदालतको आदेश फेरिँदैन

काठमाडौं- नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षत्रीले सहकारीको बचत

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको हत्या मुद्दा खारेज गर्न माग

ढाका– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा लगाइएको अभियोग खारेज

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल

गर्मीबाट छाला जोगाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय

काठमाडौं– गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम

निजामती विधेयकमा भएको चलखेल छानबिन गर्न विशेष समिति गठन 

काठमाडौं– संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न