ओलीले प्रतिगमनतर्फ लैजान खोजे, सशक्त प्रतिकार आवश्यक छ : उपेन्द्र यादव | Khabarhub Khabarhub

ओलीले प्रतिगमनतर्फ लैजान खोजे, सशक्त प्रतिकार आवश्यक छ : उपेन्द्र यादव


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसको सशक्त प्रतिकार आवश्यक रहेको बताएका छन् ।

शनिबार राजविराजमा गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले संविधान मिचेर काम गर्दै आएको, जनताका प्रतिनिधिको सर्वोच्च संस्था संसदलाई २ पटक भंग गरेका कारण उनी प्रतिगमनका मतियार साबित भएको बताए ।

उनले ओलीको अधिनायकवाद प्रवृतिलाई प्रतिकार गर्न पाँच दलीय गठबन्धन बनेको धारणा राखे । संघीयता, गणतन्त्र र समावेशितालाई समाप्त गरी देशलाई २०४७ तिर धकेल्ने काम भइरहेको उनको भनाइ छ ।

यादवले संसद भंग गरी अध्यादेशका भरमा शासन गर्न यद्दत रहेबाट ओली प्रतिगमनको मतियार रहेको भन्ने प्रमाणित भएको आरोप लगाए ।

कार्यक्रममा नौ थान अक्सिजन कन्सन्ट्रेटर, सत्तरी काटुर्न एन नाईन्टिन मास्क लगायतका सामग्री अस्पताललाई हस्तान्तरण गरिएको अस्पतलाका निमित्त मेडिकल सुपरिटेण्डेण्ट रञ्जितकुमार झाले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ९ : ०१ बजे

महिला विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने

काठमाडौं – सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता

अन्नपूर्ण चक्रीय पदमार्ग : विश्व पर्यटकको आकर्षक गन्तव्य (तस्बिरहरू)

काठमाडौं– अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड लगायत त्यस

‘युद्धमा सबैभन्दा पहिले सत्य मर्छ’

कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच

आजका लागि फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७