हैदरावादलाई हराउँदै सन्दीपको टिम दिल्ली क्वालिफायर्समा, फाइनलका लागि चेन्नईसँग भिड्ने « Khabarhub

हैदरावादलाई हराउँदै सन्दीपको टिम दिल्ली क्वालिफायर्समा, फाइनलका लागि चेन्नईसँग भिड्ने


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली लेग स्पीनर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपीएलको क्वालिफायर्समा पुगेको छ । बुधबार राति भएको एलिमिनेटर खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै चेन्नईसँगको भिडन्त पक्का गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । उसका लागि मार्टिन गुप्टिलले ३६ तथा मनिश पाण्डेले ३० रन बनाए । यस्तै कप्तान केन विलियम्सनले २८ र विजय शंकरले २५ रन थपे । यस्तै मोहम्मद नावीले २० रन बनाए ।

नेपाली बलर सन्दिप लामिछाने विना नै मैदानमा उत्रिएको दिल्लीका लागि बलिङमा पउलले तीन तथा इसान्त शर्माले दुई विकेट लिए । जवाफमा दिल्लीले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

निकै बलियो सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेको थियो । तर शिखर धवन आउट हुँदा ६६ रन बनाएको दिल्लीले त्यसपछि अरु ४७ रन जोड्दा थप ४ विकेट खेर फाल्यो । त्यसमा पनि अफगानिस्तानी बलर रासिद खानले एकै ओभरमा दुई विकेट लिएपछि खेलमा हैदरावादले दबाव दिएको थियो । दिल्लीका लागि पृथ्वी शा ले ५६ रन बनाउँदा शिखर धवनले १७ तथा कोलीन मुर्नोले १४ रन बनाए । उसका अक्सर पटेलले खाता खोल्न सकेनन् भने कप्तान श्रेयस ऐयरले ८ रनमात्र बनाए ।

२१ बलमा ४१ रन चाहिएकोमा रिशव पन्तले थप्मीको ओभरमा २१ रन प्रहार गर्दै टिमलाई खेलमा फर्काए । उनले थम्पीको ओभरमा दुई चौका र दुई छक्का प्रहार गरे । तर पन्तले २१ बलमा ४९ रन बनाए । अन्तिम तीन बलमा दुई रन चाहिएको अवस्थामा दिल्लीले अर्को विकेट गुमायो । अमित मिश्रा अब्सर्टटिङको नियमका आधारमा आउट भए । तर अन्तिममा किमो पउलले चौका प्रहार गरेर टिमलाई जित दिलाए । अब दिल्लीले फाइनल प्रवेशका लागि चेन्नईसँग खेल्नेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १२ : १४ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर