हैदरावादलाई हराउँदै सन्दीपको टिम दिल्ली क्वालिफायर्समा, फाइनलका लागि चेन्नईसँग भिड्ने | Khabarhub Khabarhub

हैदरावादलाई हराउँदै सन्दीपको टिम दिल्ली क्वालिफायर्समा, फाइनलका लागि चेन्नईसँग भिड्ने


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली लेग स्पीनर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपीएलको क्वालिफायर्समा पुगेको छ । बुधबार राति भएको एलिमिनेटर खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै चेन्नईसँगको भिडन्त पक्का गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । उसका लागि मार्टिन गुप्टिलले ३६ तथा मनिश पाण्डेले ३० रन बनाए । यस्तै कप्तान केन विलियम्सनले २८ र विजय शंकरले २५ रन थपे । यस्तै मोहम्मद नावीले २० रन बनाए ।

नेपाली बलर सन्दिप लामिछाने विना नै मैदानमा उत्रिएको दिल्लीका लागि बलिङमा पउलले तीन तथा इसान्त शर्माले दुई विकेट लिए । जवाफमा दिल्लीले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

निकै बलियो सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेको थियो । तर शिखर धवन आउट हुँदा ६६ रन बनाएको दिल्लीले त्यसपछि अरु ४७ रन जोड्दा थप ४ विकेट खेर फाल्यो । त्यसमा पनि अफगानिस्तानी बलर रासिद खानले एकै ओभरमा दुई विकेट लिएपछि खेलमा हैदरावादले दबाव दिएको थियो । दिल्लीका लागि पृथ्वी शा ले ५६ रन बनाउँदा शिखर धवनले १७ तथा कोलीन मुर्नोले १४ रन बनाए । उसका अक्सर पटेलले खाता खोल्न सकेनन् भने कप्तान श्रेयस ऐयरले ८ रनमात्र बनाए ।

२१ बलमा ४१ रन चाहिएकोमा रिशव पन्तले थप्मीको ओभरमा २१ रन प्रहार गर्दै टिमलाई खेलमा फर्काए । उनले थम्पीको ओभरमा दुई चौका र दुई छक्का प्रहार गरे । तर पन्तले २१ बलमा ४९ रन बनाए । अन्तिम तीन बलमा दुई रन चाहिएको अवस्थामा दिल्लीले अर्को विकेट गुमायो । अमित मिश्रा अब्सर्टटिङको नियमका आधारमा आउट भए । तर अन्तिममा किमो पउलले चौका प्रहार गरेर टिमलाई जित दिलाए । अब दिल्लीले फाइनल प्रवेशका लागि चेन्नईसँग खेल्नेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १२ : १४ बजे

एमालेबाट विघटित प्रतिनिधिसभाका सांसदको बैठक आह्वान

काठमाडौं– नेकपा एमालेले विघटित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरुको बैठक बोलाएको

आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

काठमाडौं– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं–  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धरान– सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

मुस्ताङ– गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको