कसिलो लुगाले बिगार्छ स्वास्थ्य « Khabarhub

कसिलो लुगाले बिगार्छ स्वास्थ्य


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको युवापुस्ताको रोजाईमा पर्दछ, कसिलो लुगा । त्यसमा पनि टाइट जिन्स र टिसर्ट अहिलेको युवायुवतीको पहिलो रोजाई नै बनेको छ । तर यो रोजाई फेसन भए पनि स्वास्थ्यमा भने खतरनाक साबित हुनसक्छ ।

कसिलो लुगाले खुट्टा सुन्निनदेखि स्वास्थ्यसम्बन्धी अन्य गम्भीर समस्या निम्त्याउन सक्छ । चिकित्सकका अनुसार कसिला जीन्स, टिर्सट, पेन्सिल स्कर्ट, ब्रा र टाईले नसासम्बन्धी समस्यादेखि क्यान्सरसम्म हुनसक्छ ।

कसिला लुगा लगाउँदा शरीरको नसाहरु दबिने गर्दछ । तसर्थ यस्ता कसिला लुगा वा विशेषगरी जिन्स पाइन्टले नशाको रक्त प्रवाहमा असर पार्दछ । जसका कारण तिघ्रामा पीडा बढाउँछ । विशेष गरी यसले महिलाको पेल्भिक क्षेत्रमा बढी असर पार्दछ । कसिलो लुगाले तिघ्राको वरपर र पछाडिको भागमा पोल्ने पनि हुन्छ ।

टाइट पाइन्ट र स्कर्टले शरीरका मांशपेशी र जोर्नीमा असर पार्दछ । यस्ता कसिला कपडा लगाएर झुक्दा र बस्दा तत्काल असर नदेखिन सक्छ । तर लामो समयसम्म यस्ता लुगा लगाई हिँड्डुल गर्दा दीर्घकालीन रुपमा नै हिपलाई असर पार्दछ ।

घाँटीमा लगाइने कसिलो टाईले लामो समयसम्म घाटीमा दुखाई हुनेदेखि मांशपेशीका नसा दुख्ने गर्दछ । घाटी कसिलो हुदाँ आँखा दुख्नुका साथै ग्लुकोमा रोग पनि लाग्न सक्छ । साथै लामो समयसम्म कसिलो टाइ लगाउने व्यक्तिको घाटी वरपरको नसामा बढी संवेदना बढाउँछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ६ : ३० बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा