एक महिनादेखि बेपत्ता महिलाको परिवारबाटै हत्या भएको आशंका, खेतमा भेटिए प्रमाणहरू | Khabarhub Khabarhub

एक महिनादेखि बेपत्ता महिलाको परिवारबाटै हत्या भएको आशंका, खेतमा भेटिए प्रमाणहरू


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको लोहरपट्टी नगरपालिका – ७ की २६ वर्षीया सुजिता ठाकुरको हत्या भएको प्रहरीले आशंका गरेको छ । आइतबार महोत्तरी प्रहरीले घर नजिकैको खेतमा गाडेको अवस्थामा केही सम्भावित प्रमाणहरू फेला पारेको हो ।

सुजिता गत जेठ २० गतेदेखि बेपत्ता भएकी थिइन् । झण्डै २३ दिनपछि महोत्तरी प्रहरीले उनको आफ्नै खेतमा (घरदेखि करिब डेढ किलोमिटर टाढा) उत्खनन् गर्दा हत्या भएको केही प्रमाणहरू फेला परेको हो । खेतमा उत्खनन् गर्दा कपाल, रगतले रातो भएको मोटो, मलखाद र नुन भेटिएको छ ।

शरीर गलाउनका लागि मलखाद र नुन प्रयोग गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार हत्या बाहिर गरिएको र उक्त स्थानमा ल्याएर गाडेको हुनसक्छ । थप उत्खनन गर्न बाँकी रहेकाले अन्य प्रमाणहरु पनि भेटिने सम्भावना छ । मधेसी आयोगले घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले उत्खनन् गर्दा हत्या भएको प्रमाणहरु फेला परेको हो ।

सुजिताको हत्या आफ्नै देवर रुपेश ठाकुर र ससुरा पतिराम ठाकुरले गरेको आरोप लागेको छ । हत्या आरोपित देवर र ससुरालाई पक्राउ गर्न प्रहरी खोज्न थालिसकेको छ । उनीहरू घरबाट फरार भएका छन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : ५२ बजे

विद्यालयमा सूचना प्रविधि र पूर्वाधार निर्माण हुने

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हिमाली र पहाडी

हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

म्याग्दी– म्याग्दीमा २० वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई

प्रचण्डले भने- निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छ

गोरखा– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल

निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने रास्वपाको निर्णय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने

पार्टीमा पहिरो जाने डरले एकताबाट हच्किए प्रचण्ड-माधव, दोस्रो पुस्ता बन्यो चुनौती

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी