व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनामार्फत साढे ६ हजार विद्यार्थीले पाए छात्रवृत्ति | Khabarhub Khabarhub

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनामार्फत साढे ६ हजार विद्यार्थीले पाए छात्रवृत्ति


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना मार्फत यस वर्ष प्राविधिक विषय अध्ययन गर्ने साढे ६ हजार विद्यार्थीहरुले छात्रवृति पाएका छन् ।

परियोजनाको दोस्रो (इभेन्ट)ले टीएसएलसी र डिप्लोमा तहका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको हो ।

टीएसएलसीका पाँच हजार पाँच सय र डिप्लोमाका एक हजार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको परियोजनाका निर्देशक चन्द्रकान्त भुसुालले बताए ।

टीएसएलसीकालाई जनही ५० हजार र डिप्लोमाकालाई जनही १ लाख ५० हजार रुपौयाँ उपलब्ध गराएको उनले बताए ।

टीएसएलसीका विद्यार्थीहरुलाई २५ हजारका दरले २ किस्तामा र डीप्लोमाका विद्यार्थीहलाई ५० हजारका दरले तीन किस्तामा विद्यार्थीहरुकै खातामा रकम जम्मा गरेको भूसालले जानकारी दिए ।

भूसालका अनुसार परियोजनाले ६० वटा विद्यालयलाई डेढ करोड रुपियाँका दरले अनुदान उपलब्ध गराएको छ ।

अनुदान प्राप्त गरेका विद्यालयहरुल विभिन्न १८ वटा सूचक तयार गरेको र सोहीको आधारमा अनुदान रकम उपलब्ध गराएको उनले बताए ।

कोरोना महामरीको दोस्रो लहरले सबैभन्दा बढी भौचरमा आधारित तालिमलाई प्रभावित बनाएको उनले बताए ।

भौतिक रुपमा दिनुपर्ने तालिमहरु भएकोले यस वर्षका कार्यक्रमहरु सुरु हुन नसकेको उनले बताए । उनले भने, अवस्था सामान्य हुँदै गयो भने कार्यक्रमहरु सञ्चालन गछौँ ।

परियोजना अन्तरगतका कार्यकक्रमहरु मध्ये सिलाई बुनाइ र व्यूटिसिन सम्बन्धिका तालिमहरुमा बढी आर्कषण देखिएको भूसालले बताए ।

पाँच वर्षे परियोजनाकोको अन्तिम दोस्रो वर्षसम्म ४३ हजार ८३३ जनाले तालिम पूरा गरेको भूसालले बताए ।

उनका अनुसार पाँच वर्षको अवधिमा भौचरमा आधारित ६९ हजार पाँच सय युवालाई तालिम दिने लक्ष्य लिएकोमा हालसम्म ४३ हजार ८३३ जनाले तालिम पूरा गरेका छन् ।

परियोजना अन्तर्गत हाउस वायरिङ, वेल्डिङ, डकर्मी, सिलाईकटाई, ब्युटिपार्लर लगायत विभिन्न ४० किसिमका सीप सिकाउने गरिएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ५ : ४० बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर