युरोकप फुटबल : नेदरल्याण्ड र चेक रिपब्लिकबीच पहिलो हाफ गोलरहित बराबरी « Khabarhub

युरोकप फुटबल : नेदरल्याण्ड र चेक रिपब्लिकबीच पहिलो हाफ गोलरहित बराबरी


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणको जारी खेलमा नेदरल्याण्ड र चेक रिपब्लिकले पहिलो हाफ गोल रहित बराबरी खेलेका छन् ।

हंगेरीको पुस्कास एरिनामा जारी खेलमा दुबै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि गोल गर्न सकेका छैनन् । खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको छ । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछन्। डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा नेदरल्याण्डले शतप्रतिशत जित निकालेको थियो । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : ३९ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको