युरोकप फुटबल : नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेश | Khabarhub Khabarhub

युरोकप फुटबल : नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेश


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेर गरेको छ ।

आइतबार राति हंगेरीको पुस्कास एरिना स्टेडियममा भएको खेलमा नेदरल्याण्डलाई २-० गोल अन्तरले हराउँदै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो ।

चेक रिपब्लिकलाई जिताउन टोमस होल्स र प्याट्रिक शिकले एक-एक गोल गरे । खेलको ६८ औँ मिनेटमा होल्सले हेडिङमार्फत गोल गर्दै १-० को अग्रता बनाएका थिए ।

त्यसैगरी खेलको ८०औँ मिनेटमा प्याट्रिकले गोल गर्दै चेक रिपब्लिकको जित सुनिश्चित बनाएका थिए ।

अब चेक रिपब्लिकले क्वार्टरफाइनलमा डेनमार्कसँग खेल्नेछ। डेनमार्क वेल्सलाई ४-० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा सीमित बनेको थियो ।

समूह चरणमा सबै खेलमा जित हात पार्दै शत प्रतिशत नतिजा निकालेको नेदरल्याण्डले यात्रा अन्तम १६ मै टुंगिएको छ । समूह चरणमा चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको थियो ।

 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ११ : ४० बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको