भारतमा थप ४६ हजार संक्रमित, ९८१ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

भारतमा थप ४६ हजार संक्रमित, ९८१ संक्रमितको मृत्यु


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–   भारतमा थप ४६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४६ हजार ६४३ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २१औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २ लाख ७८ हजार ९६३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख ७९ हजार ९४२ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ९८१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९६ हजार ७६१ पुगेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : ४० बजे

पुरुषले १० पटक विर्यदान र महिलाले ६ पटकसम्म अण्डादान दान गर्न पाउने 

काठमाडौ– नि:सन्तान दम्पतीहरूलाई सन्तान सुख दिनका लागि नेपालमा लामो समयदेखि आईभीएफ

‘मैले एक पैसो घुस लिएको छैन, पैसा कमाउन राजनीति गर्ने होइन’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पैसा कमाउने

शंकर पोखरेलको जिकिर : पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएर माओवादीले गम्भीर भूल गर्‍यो

धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई

साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

महोत्तरी– साउन अन्तिम साताको अनुकूल वर्षा भएसँगै महोत्तरीमा करिब ७५

२७ अंकले घट्यो नेप्से, कारोबार कति ? 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१४ अंकले घटेको छ