आठ फिल्ममा अभिषेकलाई ऐश्वर्याको भन्दा कम पारिश्रमिक | Khabarhub Khabarhub

आठ फिल्ममा अभिषेकलाई ऐश्वर्याको भन्दा कम पारिश्रमिक


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडमा अभिनेता र अभिनेत्रीले पाउने पारिश्रमिकलाई लिएर प्रायः बहस हुने गरेको छ । कैयौं अभिनेत्रीले पुरुष अभिनेताको तुलनामा आफूहरुले कम पारिश्रमिक पाउने सार्वजनिक रुपमा भन्दै आइरहेका छन् ।

अभिनेता अभिषेक बच्चनले पनि केही वर्षअघि पारिश्रमिकका विषयमा खुलेर कुराकानी गरेका थिए । उनले अभिनेत्री श्रीमति ऐश्वर्या राय बच्चनसँग नौवटा फिल्ममा सहकार्य गरे । यीमध्ये आठ फिल्ममा अभिषेकको पारिश्रमिक ऐश्वर्याको भन्दा कम थियो ।

सन् २०१८ मा एक कार्यक्रमका बेला अभिषकले आमा जया बच्चन होस् या श्रीमति ऐश्वर्या, दुवैजना जहिल्यै आफ्नो शर्त अनुसार फिल्ममा काम गर्ने खुलाए । उनका अनुसार ऐश्वर्या र जयालाई उनीहरुले गर्न नचाहेको कुनै पनि कामलाई जबरदस्ती गर्न कहिल्यै बाध्य बनाइएन ।

अभिषेकले बलिउडलाई एक व्यापारिक बजारको तुलना गर्दै कलाकारको क्षमता अनुसार पारिश्रमिक दिइने गरिएको दाबी गरे । ‘यदी तपाईं नयाँ हुनुहुन्छ भने शाहरुख खानको बरार पारिश्रमिक त दिन मिल्दैन नि’, उनले भनेका छन् ।

अभिषेक र ऐश्वर्याले ‘गुरू’, ‘कुछ ना कहो’, ‘रावन’, ‘धूम–२’, ‘ढाई अक्षर प्रेम के’, ‘सरकार राज’, ‘उमराव जान’ र ‘बन्टी और बबली’मा सहकार्य गरेका थिए ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १ : २० बजे

‘लुकी लुकी’ बारे रामजी खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको

रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

रुपन्देही – रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७

अन्तिम मिनेटमा सम्हालिन नसक्दा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं – साफ यू –२० महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा