‘एलियन’मा जोडिइन् तापसी | Khabarhub Khabarhub

‘एलियन’मा जोडिइन् तापसी


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री तापसी पन्नु बलिउडकै व्यस्त अभिनेत्रीमा पर्छिन् । उनको हातमा अहिले कैयौं फिल्म छन् । यसमा कैयौं सुटिङमा रोएिका छन् भने केही रिलिजको तयारीमा छन् ।

यहीबीचमा उनले एक साइन्स फिक्सन फिल्ममा काम गर्नका लागि सहमति जनाएको समाचार सार्वजनिक भएको छ । यो फिल्ममा एलियनको कथा हुनेछ । फिल्मको नाम ‘एलियन’ हुनेछ ।

फिल्मको निर्देशन भारत नीलकंठनले गर्दैछन् । नीलकंठनले तापसीलाई कथा सुनाइसकेका छन् । जसअनुसार उनले पनि सहमति जनाइसकेकी छन् । यो फिल्म हलिउडका अन्य साइन्स फिक्सनबाट प्रभावित नहुने निर्माण पक्षको दाबी छ ।

फिल्ममा भारत जस्तो देशमा आम मानिसबीच एलियन्सले कसरी उपस्थित जनाउदैछ भन्ने देखाइनेछ । भीएफएक्सको अधिक प्रयोग हुने यो फिल्ममा भीएफएक्सकै लागि १० करोड बजेट छुट्याइएको छ । भारतले यसअघि ‘के १३’ निर्देशन गरेका थिए ।

तापसी अभिनित फिल्म ‘हसीन दिलरुबा’, ‘रश्मि रकेट’, ‘लूप लपेटा’, ‘दोबारा’, ‘शाबाश मितु’ जस्ता फिल्म रिलिजको तयारीमा छन् । ‘हसीन दिलरुबा’ जुलाई २ मा ओटीटीमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ३ : ३० बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित

काठमाडौं – एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन

आज २०८२ साल असोज ४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन