माओवादी केन्द्रद्वारा प्रदेश १ को प्रदेशसभा अवरुद्ध « Khabarhub

माओवादी केन्द्रद्वारा प्रदेश १ को प्रदेशसभा अवरुद्ध


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले प्रदेश–१ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रले प्रदेशसभाको सोमबारको बैठक अवरुद्ध पारेको हो । विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार मन्त्री गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरेका थिए ।

सोमबारको बैठक शुरू हुनेबित्तिकै माओवादी केन्द्रका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बोल्न समय दिएका थिए । माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले मन्त्रीले रोष्ट्रमबाटै माफी मागेर उनको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध जारी रहने बताए । मन्त्रीको अमर्यादित प्रस्तुति भन्दै माफी माग्नुपर्ने र मन्त्री गुरुङको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने उनले माग गरे ।

मन्त्री गुरुङले आइतबार बोल्ने क्रममा सभामुखले भनाइ टुंग्याउन चार पटक रुलिङ गर्दा पनि लगातार सांसद खड्कामाथि गालीगलौजमा उत्रिएका थिए । माओवादी दलका उपनेता राईले मन्त्रीले माफी नमागेसम्म बैठक अवरुद्ध हुने भनेपछि सभामुखले बैठक भोलिसम्मका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  २ : ३० बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल