माओवादी केन्द्रद्वारा प्रदेश १ को प्रदेशसभा अवरुद्ध « Khabarhub

माओवादी केन्द्रद्वारा प्रदेश १ को प्रदेशसभा अवरुद्ध


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले प्रदेश–१ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रले प्रदेशसभाको सोमबारको बैठक अवरुद्ध पारेको हो । विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार मन्त्री गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरेका थिए ।

सोमबारको बैठक शुरू हुनेबित्तिकै माओवादी केन्द्रका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बोल्न समय दिएका थिए । माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले मन्त्रीले रोष्ट्रमबाटै माफी मागेर उनको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध जारी रहने बताए । मन्त्रीको अमर्यादित प्रस्तुति भन्दै माफी माग्नुपर्ने र मन्त्री गुरुङको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने उनले माग गरे ।

मन्त्री गुरुङले आइतबार बोल्ने क्रममा सभामुखले भनाइ टुंग्याउन चार पटक रुलिङ गर्दा पनि लगातार सांसद खड्कामाथि गालीगलौजमा उत्रिएका थिए । माओवादी दलका उपनेता राईले मन्त्रीले माफी नमागेसम्म बैठक अवरुद्ध हुने भनेपछि सभामुखले बैठक भोलिसम्मका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  २ : ३० बजे

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बैंकिङ कसुर मुद्दाका

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला

भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँदिल्ली – भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको