प्रदेश – २ मा साढे १४ लाख रुखका बिरुवा रोपिँदै « Khabarhub

प्रदेश – २ मा साढे १४ लाख रुखका बिरुवा रोपिँदै


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश – २ सरकारले साढे १४ लाख रुखका बिरुवा रोप्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले ‘प्रदेश हरित अभियान २०७८’ को आज एक कार्यक्रमबीच शुभारम्भ गर्दै साढे १४ लाख बिरुवा रोप्ने काम शुरू गरेका हुन् ।

डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका – ४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममार्फत मुख्यमन्त्री राउतले वरपिपलको रुख रोप्दै अभियानको शुभारम्भ गरेका छन् ।

मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरे लगतै प्रदेशको आठ वटै जिल्लामा एक साथ वृक्षारोपण शुरुवात भएको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियान अन्तर्गत आठ वटै जिल्लाको कुल १ हजार १३५ हेक्टर जमिनमा १४ लाख ४६ हजार ७९६ विरुवा रोप्ने योजना रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेलले जानकारी दिए ।

अभियानको शुभारम्भ कार्यक्रममा प्रत्येक जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु सहभागी भएका छन् ।

सप्तरीमा समाजिक विकास मन्त्री नवल किशोर साह, सिरहामा अर्थमन्त्री विजयकुमार यादव, महोत्तरी र सर्लाहीमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय र आन्तरिक मामिला तथा संचार राज्यमन्त्री सरोज सिंह कुशवाहा, महिला बालबालिका तथा खेलकुद मन्त्री विरेन्द्र कुमार सिंह, रौतहटमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव र पर्सामा उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले अभियानको सुरूवात गरे ।

धनुषाको पुष्पलपुरमा आयोजित कार्यक्रममा मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, वन सचिव डा. कँडेल सहितको उपस्थिति थियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : २४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु