नेपालमा डिजिटल भिसा प्रणाली शुरू « Khabarhub

नेपालमा डिजिटल भिसा प्रणाली शुरू


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अध्यागमन विभागले क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गरेको छ ।

विभागले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमकाबीच गृहमन्त्री बिष्णु पौडेलले प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा मन्त्री पौडेलले अध्यागमन प्रशासनका क्षेत्र नै नेपाललाई चिन्ने पहिलो बिषय भएको भन्दै यस क्षेत्रलाई थप सुधार गर्दै लैजाने बताए । उनले समग्रतामा नेपालको अध्यागमनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने आवश्यकता रहेको धारणा राखे । मन्त्री पौडेलले अध्यागमन विभागलाई समायानुकुल बनाउनका लागि केन्द्रित हुन निर्देशन दिए ।

त्यस्तै विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नयाँ प्रणाली अनुसार भिसा पाउने व्यक्तिको सम्पूर्ण विवरण आवश्यक सबै निकायमा रेकर्डमा रहने जानकारी दिए । उनले भिसा वितरणलाई केन्द्रीकृत र एकीकृत गर्न पनि सहज हुने बताए ।

प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ भएसँगै आवेदन र वितरणमा पनि सहज हुने विभागले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ०१ बजे

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ