आमा बन्दै ‘स्लमडग मिलेनियर’ अभिनेत्री फ्रीडा « Khabarhub

आमा बन्दै ‘स्लमडग मिलेनियर’ अभिनेत्री फ्रीडा


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– ओस्कार अवार्ड विजेता हलिउड फिल्म ‘स्लमडग मिलेनियर’ अभिनेत्री फ्रीडा पिन्टो चाँडै आमा बन्दैछिन् । उनले पति कोरी ट्रानका साथ एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् ।

तस्वीरमा जोडी निकै खुशी देखिन्छन् । तस्वीरमा फ्रीडाको ‘बेबी बम्प’ प्रष्ट देख्न सकिन्छ । कालो फ्लोरेन्स पहिरनमा उनी निकै सुन्दर देखिन्छिन् । ‘बेबी ट्रान आउनेवाला छन्’, तस्वीरमा उनले लेखेकी छन् ।

फ्रीडालाई सेलिब्रेटीहरुले बधाई दिइरेका छन् । सन् २००८ मा ब्रिटिस फिल्म ‘स्लमडग मिलेनियर’बाट लोकप्रिय बनेकी फ्रीडाले सन् २०१९ मा कोरी ट्रानसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

फ्रीडाको जन्म मुम्बईको कस्बे मेंग्लोरमा भएको थियो । उनको परिवार मेंग्लोरीयन क्याथोलिक मूलका हुन् । उनले आफ्नो आमाको भनाईलाई अनुसरण गर्दै मोडलिङमा पाइला चालेकी थिइन् । उनको डेब्यू फिल्म ‘स्लमडग मिलेनियर’ले आठ ओस्कार अवार्ड जितेको थियो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १२ : ३० बजे

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय