धान दिवसमा किसानसँग रमाए कलाकार « Khabarhub

धान दिवसमा किसानसँग रमाए कलाकार


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धान दिवसको अवसर पारेर मंगलबार केही कलाकारले खेतमा धान रोप्दै धान दिवस मनाएका छन् । दही चिउरा खाने दिनका रुपमा समेत लोकप्रिय असार १५ लाई कलाकारहरुले खेतमै पुगी किसानहरुसँग मनाए ।

अभिनेत्रीद्वय दीपाश्री निरौला, स्वस्तिमा खड्का र फेसन डिजाइनर सुरवीन वान्तवाले धान रोप्दै बाउसे लगाए । दीपाश्रीले धान रोप्दै गरेको तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् ।

‘मेरो लालाहरुसँग खेतमा मस्ती । यो पो हो हाम्रो दोस्ती । राष्ट्रिय धान दिवसको शुभकामना’, दीपाश्रीले लेखेकी छन् ।

त्यस्तै गायिका सुनिता दुलालले पनि धान रोपेकी छन् । उनले सामाजिक सञ्जालमा कवितात्मक शैलीमा क्याप्सन लेख्दै धान रोपेको फोटो पोस्ट गरेकी छ्न ।

‘छुपुमा छुपु हिलोमा धान रोपेरै छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला,’ उनले लेखेकी छन्, ‘दुई छाक खान र केही मानो बाँढ्न सबै नेपालीलाई पुगोस् ।’

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ६ : ५० बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर