पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध « Khabarhub

पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- आज बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध हुँदा भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लगातार वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले मौसममा सुधार आउने वित्तिकै सडक खुलाएर यातायात सञ्चालन गर्नका लागि प्राविधिकलाई खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए ।

उनका अनुसार हेटौँडा भीमफेदी सडकखण्डको पान्द्राङमा आज बिहान गएको पहिरोलाई हटाएर हेटौँडातर्फको यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ । त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा रहेको प्रवक्ता रिमालको भनाइ छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ११ : ०५ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ